News

बडा दसैँ दीपावली, तथा छठ पर्वको अवसरमा सहकारी बैंक बागलुङ शाखाको शुभकामना आदान प्रदान

ललितपुर । नेपालीको महान् पर्व बडा दसैँ, शुभ दीपावली तथा छठको अवसरमा राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाले शुभकामना आदान प्रदानसहित चियापानको कार्यक्रम गरेको छ । बडा दसैँको तेस्रो दिन बुधवार बागलुङमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैङ्कका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीको समसामयिक अवस्था र सहकारी बैंकको सेवा सुविधा तथा पछिल्लो अवस्था बारेमा जानकारी गराउनु भएको थियो । सो अवसरमा बागलुङका सहकारीकर्मीहरुले अर्थतन्त्रको एउटा महत्त्वपूर्ण पाटोका रूपमा रहेको सहकारी क्षेत्रलाई राज्यले प्राथमिकता दिन नसकेको गुनासो गरेका छन् ।

उनीहरूले विपन्न वर्गका जनतालाई आर्थिक रूपमा सक्षम बनाउन, आयआर्जन गर्न, बचत गर्न तथा व्यवसायिक रूपमा अगाडि बढ्न सहकारी क्षेत्रले महत्त्वपूर्ण योगदान गरेको छ, राज्यले जनतालाई गर्नु पर्ने धेरै सामाजिक कार्यमा सहकारीले योगदान गरेका छन्, तर सरकारले सहकारीको प्रवर्द्धनमा ध्यान नदिएको गुनासो थियो ।

सहकारीको प्रवर्द्धनका लागि राज्यले तथ्याङ्क सङ्कलन, अनुगमन नियमन र अप्ठेरो अवस्थामा साथ दिने खालका गतिविधि गर्नु पर्नेमा सहकारीकर्मीहरुको जोड थियो । सहकारीमा पछिल्लो समयमा देखिएका समस्याहरूको समाधानका लागि सहकारी संघ संस्थाहरुले आन्तरिक रूपमा गर्न सक्ने समन्वय र सहकार्यमा प्रभावकारिता ल्याउनु पर्नेमा जोड दिँदै सहभागी सहकारीकर्मीहरुले सहकारी अभियानले राज्यलाई खबरदारी गर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जी।सी। (अञ्जु), जिल्ला सहकारी संघका सल्लाहकार द्वय दीपक गौतम र तोयनाथ गौतम, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा बहादुर कुँवर लगायतले कार्यक्रमका सम्पूर्ण सहभागीहरूले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम राष्ट्रिय सहकारी बैङ्कका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीको अध्यक्षता र बैकको बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button