News

सिराहामा पर्ल्स विश्लेषण तालिम सुरु

असोज ११, ललितपुर 
 सहकारी संघ संस्थाहरुलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्य सहित राष्ट्रिय सहकारी बैंक  लिमिटेड लहान शाखाको आयोजनामा दुई दिवसीय पर्ल्स विश्लेषण सम्बन्धी तालिम मङ्गलवार देखी सुरु भएको छ । 
सहकारीका सञ्चालक सदस्य, व्यवस्थापक तथा कर्मचारीलाई लक्षित गरि मंगलबार देखि सुरु भएको तालिम बुधबार सम्म सञ्चालन हुने छ  ।
दुई दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन गर्दै  राष्ट्रिय सहकारी बैंक लिमिटेड लहान शाखा समन्वय उपसमितिका संयोजक सञ्जय कुमार महतोले सहकारी संघसंस्थाहरुको वित्तीय गुणस्तर मापन गर्ने आधार पल्स भएको बताउनु भयो । बचत तथा ऋणको अनुपात मिलाउने र सेवा सुविधालाई सेवाग्राही माझ प्रविधिमैत्री बनाउन पल्र्स सम्बन्धीको तालिमले सहयोग पुग्ने जानकारी गराउनु भयो । 
सहकारी संस्थाहरुको बचत तथा ऋणको अनुपात मिलाउने र सेवा सुविधालाई सेवाग्राही माझ प्रविधिमैत्री बनाउन पल्र्स सम्बन्धीको तालिमले सहयोग पुग्ने बैंकले जनाएको छ । सहकारीका सञ्चालक तथा कर्मचारीलाई सहकारीको प्रभावकारी वित्तीय संरचना, सम्पत्तिको गुणस्तर प्रतिफल दर, तरलता र वृद्धिदरमा ध्यान दिँदै संघ संस्थाको बचत सङ्कलन, शेयर पूजी वृद्धि, भाका नाघेको ऋण र संस्थागत पूँजी लगायतका विषयमा बैङ्कका अधिकृत सूर्य प्रसाद रिमाले सहजीकरण गरिरहनु भएको छ । 

बैंकको लहान शाखा समन्वय उपसमितिका संयोजक सञ्जय कुमार महतोको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा बैङ्कका  लहान शाखा समन्वय उपसमिति सदस्य पंचलाल महतो, सदस्य देव कुमारी लामा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन लहान शाखाका प्रमुख समिर श्रेष्ठले गर्नु भएको थियो, तालिममा सिराहा र उदयपुरको विभिन्न सहकारी संस्थाहरुबाट ३१ जना सहभागी भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button