News

कैलालीमा सहकारी बैंकको प्राविधिक सहयोगमा सञ्चालित पर्ल्स अनुगमन तालिम सम्पन्न

असोज ८, ललितपुर
सहकारी संस्थाहरुको वित्तीय सेवालाई प्रभावकारी बनाउने उद्देश्यले को–अपरेटिभ म्यानेजर्स क्लब कैलालीको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा सञ्चालित दुई दिवसीय पर्ल्स अनुगमन प्रणाली तालिम शनिवार सम्पन्न भएको छ ।

सदस्य संस्थाहरुको वित्तीय अवस्थालाई थप प्रभावकारी बनाउन, सुशासनयुक्त संस्था निर्माण तथा सहकारीको मर्म अनुसार अगाडि बढ्नका लागि तालिम आयोजना गरिएको को–अपरेटिभ म्यानेजर्स क्लबले जनाएको छ । तालिम समापनका अवसरमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै सहकारी क्लबका अध्यक्ष छविलाल जैशीले तालिममा सिकेको सीप आफ्नो संस्थामा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुझाव दिनुभयो ।

सहकारी क्षेत्रको प्रभावकारीताका लागि सहकारीमा कार्यरत कर्मचारी तथा सञ्चालकहरूले अध्ययन, भ्रमण र तालिम आवश्यक रहेको भन्दै जिसीले देशको शिक्षा नीतिमा सहकारीको पाठ्यक्रम नभएकाले तालिम नै सिकाईकन महत्त्वपूर्ण आधार हुने धारणा राख्नुभयो । उहाँले सहकारी बैङ्कसँगको सहकार्यमा थप तालिम तथा शिक्षाका कार्यक्रमहरू सञ्चालन गरिने बताउनु भयो ।
तालिमका सहभागीहरूले पल्र्स अनुगमन तालिम प्रभावकारी भएको भन्दै संस्थाको उन्नतिका लागि उपयोग गर्ने बताउनुभयो ।
तालिमका सहजकर्ता तालिम विभागका अधिकृत बल्लभ तिमल्सिनाले सुशासनयुक्त र प्रभावकारी सहकारी सञ्चालनका लागि पल्र्स तालिम आवश्यक रहेको बताउनुभयो ।

तालिममा विभिन्न विषयका ३३ वटा सहकारी संघ संस्थाका व्यवस्थापक, लेखापाल तथा पदाधिकारीहरूसहित ३५ जनाको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button