News

सहकारी बैंकको प्राविधिक सहयोगमा पर्ल्स विश्लेषण तालिम सुरु

असोज ७, ललितपुर
सहकारी संघ संस्थाहरुलाई प्रविधिमैत्री र ब्यवस्थीत बनाउने उद्देश्य सहित को–अपरेटिभ म्यानेजर्स क्लब कैलालीको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा धनगढीमा दुई दिवसिय पर्ल्स विश्लेषन सम्वन्धी तालिम सुरु भएकोे छ ।
सहकारीका संचालक सदस्य, व्यवस्थापक तथा कर्मचारीलाई लक्षित गरि शुक्रबार देखि सुरु भएको तालिम सन बारसम्म संचालन हुने छ ।

दुई दिनसम्म संचालन हुने तालिमको उद्घाटन गर्दै बैंकका सञ्चालक शिवा थापाले सहकारी संघसंस्थाहरुको वित्तीय गुणस्तर मापन गर्ने आधार पल्स भएको बताउनु भयो । बचत तथा ऋणको अनुपात मिलाउने र सेवा सुविधालाई सेवाग्राही माझ प्रविधिमैत्री बनाउन पर्ल्स सम्बन्धीको तालिमले सहयोग पुग्ने जानकारी गराउनु भयो ।

सहकारी संस्थाहरुको बचत तथा ऋणको अनुपात मिलाउने र सेवा सुविधालाई सेवाग्राही माझ प्रविधिमैत्री बनाउन पर्ल्स सम्बन्धीको तालिमले सहयोग पुग्ने बैंकले जनाएको छ । सहकारीका संचालक तथा कर्मचारीलाई सहकारीको प्रभावकारी वित्तीय संरचना, सम्पत्तिको गुणस्तर प्रतिफल दर, तरलता र वृद्धिदरमा ध्यान दिँदै संघ संस्थाको बचत सङ्कलन, शेयर पूजी वृद्धि, भाका नाघेको ऋण र संस्थागत पूँजी लगायतका विषयमा बैंकको तालिम विभागका अधिकृत बल्लभ तिमल्सिनाले सहजीकरण गरिरहनु भएको छ ।

को–अपरेटिभ म्यानेजर्स क्लब कैलालीका अध्यक्ष छविलाल जैशिको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक शिवा थापा, लम्की चुहा नगरपालिका सहकारी शाखाका प्रमुख भानुभक्त उपाध्याय, बैंकको धनगढी शाखाका प्रमुख कृष्ण रावल लगायतको आतिथ्यता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button