News

एशियाली ऋण महासंघ (अक्कू) मा नयाँ सञ्चालक समिति चयन

भदौ १५, ललितपुर
एशियाली ऋण महासंघ (अक्कू) को ४१ औं साधारण सभाबाट योनसुक किमको अध्यक्षतामा पाँच सदस्य सञ्चालक समिति चयन भएका छन् ।
थाइल्यान्डको बैंककमा आज सम्पन्न साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि किमको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । दोस्रो पटक अध्यक्षमा चयन भएका किमले राष्ट्रिय ऋण महासंघ कोरियाबाट प्रतिनिधित्व गर्नु भएको छ ।
अक्कुको प्रथम उपाध्यक्षमा डा. वीरा वोंगसान (थाइल्यान्ड), दोस्रो उपाध्यक्ष ली चुन–फेन, कुलेरोक, (ताइवान रक), सचिवमा निकोलस एम भ्यालेन्टाइन (फिलिपिन्स) र कोषाध्यक्षमा भारतका ओमप्रकाश कोयटे निर्वाचित हुनु भएको छ । नवनिर्वाचित सञ्चालक समितिले आजै शपथ ग्रहण गरेका छन् ।

अक्कूका अध्यक्ष योनसुक किमको अध्यक्षतामा भएको सभाले वार्षिक प्रतिवेदन तथा लेखापरिक्षण प्रतिवेदन पारित गरेको छ । अकूकी प्रमुख कार्यकारी अधिकृत एलेनिता भी स्यान रोकी (लेनी) ले व्यवस्थापनको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
यस अघि अगस्ट २९ देखि एसियाली क्रेडिट युनियनहरूको फोरम २०२२ भएको थियो । फोरममा राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले नेपालको सहकारी अभियानको तर्फबाट Nepal Experience: Regulatory Governance for Development and Growth विषयक कार्यपत्र प्रस्तुत गर्नु थियो । फोरमको पहिलो दिन Credit Union’s Financial Stability: Planning for Disruptions and Learning from the Crisis सम्बन्धी सेसनमा Moderator को भुमिका निर्वाह गर्नु भएको थियो ।

फोरममा नेपाल सहित अस्ट्रेलिया बङ्गलादेश, इन्डोनेसिया, भारत, जापान लगायत १६ देशका ३३५ जना सहकारी अभियानकर्मीहरू सहभागी भएका थिए । सभामा राष्ट्रिय सहकारी बैंक लिमिटेडको तर्फबाट अध्यक्ष के.बी. उप्रेती, नि–वर्तमान अध्यक्ष रमेश प्रसाद पोखरेल, संचालक शिवा थापा, र प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई सहभागी हुनुहुन्थ्यो । यसैबिच सन् २०२३ मा हुने एसियाली क्रेडिट युनियनहरूको फोरम नेपालमा गर्ने निर्णय भएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button