News

सहकारी बैंकको स्तरीकरण कार्यक्रममा सहभागी बागमती प्रदेशका संस्थाहरुबीच समिक्षा गोष्ठी सम्पन्न

ललितपुर, १२ भदौ
राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको सहकारी संस्थाहरुको स्तरीकरण कार्यक्रम अन्तर्गत बागमती प्रदेशका जिल्लाहरुमा आवद्ध सहकारी संस्थाहरु बीच “केयर समिक्षा” कार्यक्रम सम्पन्न भएको छ ।

केयर कार्यक्रममा आवद्ध हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड काठमाडौको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा आईतबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बैंकको केयर कार्यक्रममा आवद्ध ७ वटा संस्थाहरुको वित्तीय अवस्था, सुशासन र आन्तरिक व्यवस्थापन लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै बैंकका संचालक एवम् व्यवसाय प्रवद्र्धन स्तरिकरण तथा एकिकरण उपसमितिका संयोजक केदार मानन्धरले केयर कार्यक्रमले संस्थाको विकास र प्रवद्र्धनमा सहयोग पुग्ने बताउनु भयो । उहाँले “कार्यक्रममा आवद्ध सहकारी संस्थाको संस्थागत विकास तथा स्तरोन्नतीका लागि संस्थाको विनियम अद्यावधिक, कार्यविधिहरु निर्माण एवम् अद्यावधिक योजना निर्माण एवम् समीक्षा, नेतृत्व व्यवस्थापनको दक्षता अभिवृद्धी, आन्तरिक नियन्त्रण प्रणाली, सुशासन लगायत गैर–वित्तीय पक्ष एवम् वित्तीय व्यवस्थापन तथा स्वस्थता कायम गर्न आवश्यक प्राविधिक सहयोग उपलव्ध हुने भएकोले पनि यो कार्यक्रमले सहकारी संस्थाहरुलाई फाईदा हुने उल्लेख गर्नु भयो” ।

सहकारी संस्थाहरुको संचालनलाई थप व्यवस्थित गरी गुणात्मक सुधार मार्फत सहकारी अभियानको उच्च छवि निर्माणमा पनि यस कार्यक्रमले प्रत्यक्ष सहयोग गर्ने बताउनु भयो ।

केयर कार्यक्रममा आवद्ध सहकारी संस्थाहरुको तर्फबाट आ–आफ्नो संस्थाको प्रगती विवरण प्रस्तुत गर्दै सहकारीलाई सुरक्षित रुपमा सञ्चालनका लागि आवश्यक नीति तथा कार्यविधिहरु निर्माण गर्न, सुशासन कायम राख्न, वित्तीय रुपमा सक्षम बनाउन तथा समग्रमा सहकारीको स्वास्थ्य अवस्था सुधार गर्नका लागि सहकारी बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रम प्रभावकारी भएको बताएका छन् ।
स्तरीकरण कार्यक्रममा सहभागी भएपछि बैंकको तर्फबाट वर्षमा ३ पटक संस्थागत रुपमा अनुगमन निरीक्षण गरी सुझाव दिने र सुझावहरु कार्यान्वयन गर्दै जादा संस्थालाई धेरै व्यवस्थित गराउन सहज भएको बताएका हुन ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका बरिष्ठ प्रबन्धक रामबाबु आचार्य, स्तरीकरण विभागका अधिकृत सुर्य प्रसाद रिमाल र नवकुमार अधिकारीले सहजीकरण गर्नु भएको थियो । उहाँहरुले संस्थाहरुको अवस्थाको बारेमा जानकारी गराउदै सुधारका लागि आवश्यक सुझावहरु समेत दिनु भएको थियो ।बानेश्वर शाखाका प्रमुख बिष्णु गिरी

समिक्षात्मक गोष्ठी कार्यक्रमले १३ बुँदे निश्कर्ष समेत निकालेको छ । संस्थाले जोखिममा रहेको ऋणको आधारमा ऋण सुरक्षणको व्यवस्था गर्ने, प्रत्येक संस्थाले अर्धवार्षिक समिक्षा वैठक गर्ने, यस वर्ष कम्तिमा १५ प्रतिशत सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गर्ने, संस्थाका सवै कर्मचारीहरुलाई कार्य विवरण प्रदान गर्ने र असार मसान्त पछि सबै कर्मचारीहरुको वार्षिक कार्यसम्पादन मुल्याङ्कन गर्ने लगायतको रहेका छन् । कार्यक्रममा बैंकको बानेश्वर शाखाका प्रमुख बिष्णु गिरीको समेत सहभागिता रहेको थियो ।

कार्यक्रम आयोजक संस्था हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष बासुदेव घिमिरेको अध्यक्षतामा भएको थियो ।
स्तरीकरण कार्यक्रम अन्तर्गत “केयर समिक्षा” कार्यक्रममा बागमति प्रदेशको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सहित हेलो बचत तथा ऋणसहकारी संस्था लिमिटेड ललितपुर, चाईना टे«ड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड काठमाडौ, पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मकवानपुर, सर्वशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड चितवन, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड काठमाडौ र मंगलदिप बचत तथा ऋणसहकारी संस्था लिमिटेड ललितपुर रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button