News

बनेपामा सहकारी बैंकको अन्तरक्रिया, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

ललितपुर, १५ असार
राष्ट्रिय सहकारी बैंक लिमिटेड बनेपा शाखाको आयोजनामा सहकारी संघ संस्थाहरुका प्रतिनिधिहरु बीच अन्तरक्रिया, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार होटल उग्रचण्डीको हलमा आयोजित कार्यक्रममा बैंककोे बनेपा शाखामा कारोबार गर्ने सहकारी संघ/सस्थाका प्रतिनिधिहरु र राष्ट्रिय सहकारी बैंक बीचमा अन्तरक्रिया, नियमित र उत्कृष्ट कारोबार गर्ने सहकारी संस्थालाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।

बैंकका संचालक तथा बागमती प्रदेशका संयोजक ज्ञान बहादुर तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलान्चोकका अध्यक्ष दिलिप शर्मा, जिल्ला बहुउद्देश्यीय सहकारी संघ काभ्रेका उपाध्यक्ष कृष्ण भक्त थापा, जिल्ला बचत तथा ऋण सहकारी संस्था संघका उपाध्यक्ष सागर नाथ कपाली लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बैंकको बनेपा शाखामा कारोबार गर्ने सहकारी संघ /संस्थाका ५० जना भन्दा बढी सहकारीकर्मीहरुको सहभागीता रहेको थियो ।

उत्कृष्ट र नियमित कारोबार गर्ने सहकारी संस्था सम्मानित
राष्ट्रिय सहकारी बैंक बनेपा शाखामा कारोबार गर्ने दुई सहकारी संस्थाहरु सम्मानित भएका छन् । बैंकको १८ औं वार्षिक साधारण सभामा शाखा स्तरमा उत्कृष्ट र नियमित कारोबार विधा अन्तर्गत घोषणा भएका सहकारी संस्थाहरुलाई बुधबार एक कार्यक्रमको बिच सम्मान गरिएको हो । सम्मानित हुने संस्थाहरुमा उत्कृष्ट तर्फको सेतिदेवी दुग्ध उत्पादक सहकारी संस्था लि.धुलिखेल–२, र नियमित तर्फ सम्बृद्धि बचत तथा ऋण सहकारी संस्था लि. बनेपा–५, रहेका छन । सम्मानित संस्थाका प्रतिनिधिरुलाई बैंकका संचालक ज्ञान बहादुर तामाङ्गले दोसल्ला ओढाई प्रशंसा पत्र वितरण गर्नु भएको थियो । कार्यक्रमको संचालन तथा शाखाको बारेमा प्रस्तुतीकरा बनेपा शाखाका प्रमुख वीरबल कुमार राजवंशीले गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button