News

महाराजगन्जमा संचालित वार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न

असार १४, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड महाराजगन्ज शाखाले आयोजना गरेको २ दिने वार्षिक योजना तथा बजेट निर्माण तालिम मंगलबार सम्पन्न भएको छ । सहकारी संघ संस्थाहरुलाई वार्षिक योजना निर्माण गरी प्रभावकारी सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यका साथ तालिम आयोजना गरिएको बैंकले जनाएको छ ।
तालिममा सहकारीहरुको वार्षिक योजना तथा कार्यक्रम र बजेट निर्माण सम्बन्धमा बैंकको तालिम विभागका अधिकृत बल्लभ तिमिल्सिनाले सहजीकरण गर्नु भएको थियो । तालिमका सहभागीहरुले सहकारीमा वार्षिक योजना निर्माण गरी प्रभावकारी रुपमा सञ्चालनका लागि तालिम सहयोगी भएको बताएका थिए ।
तालिम समापनका क्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै राष्ट्रिय सहकारी बैंकका संचालक ज्ञान बहादुर तामाङ्गले तालिममा सिकेको कुरालाई संस्थाको योजना तथा बजेट निर्माणमा कार्यान्वयन गर्न सके मात्रै तालिमको प्रभावकारिता हुने बताउनुभयो ।
उहाँले संस्थाको परिकल्पना, ध्यय र उद्देश्यहरु हासिल गर्न व्यवसायिक तथा रणनीति योजनाहरुको महत्व बताउदैं ती योजनाको आधारमा बार्षिक योजना तथा बजेट निर्माण गर्नुपर्ने बताउनुुभयो ।
समापन कार्यक्रममा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत मनोज खड्का, लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन राष्ट्रिय सहकारी बैंक महाराजगन्ज शाखाका प्रमुख सिद्धिकुमार श्रेष्ठले गर्नु भएको थियो । तालिममा चक्रपथ क्षेत्रको विभिन्न सहकारी संघ संस्थाका ३३ जनाको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button