News

म्याग्दीमा संचालित सहकारीमा वार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न

जेठ २७, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाले म्याग्दीको वेनिमा आयोजना गरेकाे २ दिने वार्षिक योजना तथा बजेट निर्माण तालिम शुक्रबार सम्पन्न भएको छ । सहकारी संघ संस्थाहरुलाई वार्षिक योजना निर्माण गरी प्रभावकारी सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यका साथ तालिम आयोजना गरिएको बैंकले जनाएको छ ।

तालिममा सहकारीहरुको वार्षिक योजना तथा कार्यक्रम र बजेट निर्माण सम्बन्धमा बैंकको तालिम विभागका अधिकृत बल्लभ तिमिल्सिनाले सहजीकरण गर्नु भएको थियो । तालिमका सहभागीहरुले सहकारीमा वार्षिक योजना निर्माण गरी प्रभावकारी रुपमा सञ्चालनका लागि तालिम सहयोगी भएको बताएका थिए ।

तालिम समापनका क्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका शाखा प्रमुख युवराज त्रिपाठीले तालिममा सिकेको कुरालाई संस्थाको योजना तथा बजेट निर्माणमा कार्यान्वयन गर्न सके मात्रै तालिमको प्रभावकारिता हुने बताउनुभयो ।

समापन कार्यक्रममा को–अपरेटिभ म्यानेजर्स क्लवका सचिव नेत्रराज सुबेदी , तालिमका प्रशिक्षक बल्लभ तिमिल्सिना, नेपाल पत्रका महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण शर्मा गौतम, सहभागीका तर्फबाट नव सृजनशिल सहकारी संस्थाका संस्था सहायक मेख बहादुर कार्की र लोकदिप बचत तथा ऋण सहकारी संस्थाका प्रमिला जोशि श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका कर्मचारी दिनेश कार्कीले गर्नु भएको थियो । तालिममा बागलुङका विभिन्न सहकारी संघ संस्थाका ३० जनाको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button