News

एनएमसी झापाको आयोजनामा केयर कार्यक्रममा आवद्ध संस्थाहरु बीच ‘समिक्षात्मक गोष्ठि’ सम्पन्न

ललितपुर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाको आयोजनामा राष्ट्रिय सहकारी बैंकले संचालन गरेको केयर कार्यक्रममा आवद्ध सहकारी संस्थाहरु बीच ‘समिक्षात्मक गोष्ठी’ कार्यक्रम सम्पन्न भएको छ । सनिबार संस्थाको सभाहलमा भएको कार्यक्रममा सहकारी क्षेत्रको गुणात्मक सुधारका लागि सहकारी स्तरीकरण कार्यक्रम अन्तर्गत राष्ट्रिय सहकारी बैंकले संचालन गरेको केयर कार्यक्रममा आवद्ध झापाको मेचिनगर क्षेत्रको सहकारी संस्थाहरुका पदाधिकारी, संचालक, विभिन्न उप–समितिका संयोजक तथा सदस्यहरु, कर्मचारीहरु र सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीले केयर कार्यक्रमले संस्थाको विकास र प्रवद्र्धनमा सहयोग पुग्ने बताउनु भयो । उहाँले “कार्यक्रममा आवद्ध सहकारी संस्थाको संस्थागत विकास तथा स्तरोन्नतीका लागि संस्थाको विनियम अद्यावधिक, कार्यविधिहरु निर्माण एवम् अद्यावधिक योजना निर्माण एवम् समीक्षा, नेतृत्व व्यवस्थापनको दक्षता अभिवृद्धी, आन्तरिक नियन्त्रण प्रणाली, सुशासन लगायत गैर–वित्तीय पक्ष एवम् वित्तीय व्यवस्थापन तथा स्वस्थता कायम गर्न आवश्यक प्राविधिक सहयोग उपलव्ध हुने भएकोले पनि यो कार्यक्रमले सहकारी संस्थाहरुलाई फाईदा हुने उल्लेख गर्नु भयो” । सहकारी संस्थाहरुको संचालनलाई थप व्यवस्थित गरी गुणात्मक सुधार मार्फत सहकारी अभियानको उच्च छवि निर्माणमा पनि यस कार्यक्रमले प्रत्यक्ष सहयोग गर्ने बताउनु भयो ।

समिक्षात्मक गोष्ठी कार्यक्रमले १४ बुँदे निश्कर्ष समेत निकालेको छ । संस्थाले जोखिममा रहेको ऋणको आधारमा ऋण सुरक्षणको व्यवस्था गर्ने, प्रत्येक संस्थाले अर्धवार्षिक समिक्षा वैठक गर्ने, यस वर्ष कम्तिमा १५ प्रतिशत सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गर्ने, संस्थाका सवै कर्मचारीहरुलाई कार्य विवरण प्रदान गर्ने र असार मसान्त पछि सबै कर्मचारीहरुको वार्षिक कार्यसम्पादन मुल्याङ्कन गर्ने लगायतको रहेका छन् ।

आयोजक संस्था एनएमसीका वरिष्ठ उपाध्यक्ष नारायण प्रसाद कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरुले केयर मापदण्डको आधारमा संस्थाको अवस्था, संस्थामा भएका सुधार तथा प्रगती, संस्थाको वित्तीय तथा गैर–वित्तीय अवस्थाको बारेमा संस्थागत प्रस्तुतीकरण गर्नुका साथै एक आपसमा भएका असल अभ्यासहरुको अनुभव आदान–प्रदान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य सस्थाका उपाध्यक्ष भगवती घिमिरेले राख्नु भएको थियो, भने संचालन तेज कुमारी घिमिरेले गर्नु भएको थियो । कार्यक्रममा संस्थामा सुधार गर्नुपर्ने पक्षहरुको विषयमा बैंकका प्रमुख जोखिम अधिकृत भरत कुमार चिमारिया र अधिकृत सुर्य प्रसाद रिमालले सहजकिरण गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button