News

वार्षिक योजना तथा बजेट तर्जुमा तालिम

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेड ठिमी शाखाको आयोजनामा भएको वार्षिक योजना तथा बजेट तर्जुमा बिषयक दुई दिवसिय तालिम शुक्रबार सम्पन्न भएको छ ।
तालिमको समापन कार्यक्रममा बोल्दै बैंकका संचालक तथा सुर्यविनायक नगरपालिकाको उप–मेयर सरिता भट्टराई (तिमल्सिना) ले सहकारी संस्थाले वार्षिक योजना र बजेट निमार्ण कार्यलाई अनिवार्य गरि लागु गरिनुपर्ने बताउनु भयो । उहाँले त्यसको लागि संस्थाका संचालक तथा कर्मचारीहरुको भुमिका महत्वपुर्ण हुने भन्दै वार्षिक योजना र बजेटको आधारमा सहकारी संस्था अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै संस्थाको उद्देश्य प्राप्ति योजना र बजेटविना सम्भव नहुने उल्लेख गर्नुभयो ।
बिहिबारबाट शुरु भएको तालिममा बैंकको ठिमी शाखा कार्यालय अन्तर्गत कारोबार गर्ने सहकारी संघ संस्थाका पदाधिकारी, संचालक, व्यवस्थापक तथा कर्मचारीहरुको उल्लेख्य मात्रमा सहभागिता रहेको थियो ।
ठिमी शाखाका प्रमुख सिता भट्टराईले संचालन गर्नु भएको तालिमको सहजिकरण बैंकका तालिम अधिकृत बल्लभ तिमल्सिनाले गर्नुभएको थियो । तालिममा सहभागीहरुले तालिम अत्यन्तै प्रभावकारी तथा समय सापेक्ष भएको बताउँदै सहकारी बैंकले आगामि दिनहरुमा पनि यस्तै प्रकारका तालिम सञ्चालन गर्न सुझाब समेत दिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button