Uncategorized

मंगलबार बैंकको विभिन्न शाखामा सहकारीका समस्या र समाधान विषयक ‘लघु गोष्ठी’ सम्पन्न

ललितपुर। “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” भन्ने मुल नाराका साथ ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मंगलबार बैंकको विभिन्न शाखा कार्यालयहरुमा “सहकारीको वर्तमान अवस्थाः समस्या र समाधान” विषयक ‘लघु गोष्ठी’ कार्यक्रम सम्पन्न भएको छ ।
चैत्र २० गते मनाईएको ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बैंकको ६८ वटै शाखा कार्यालयहरु मार्फत साताव्यापी ‘लघु गोष्ठी’ गर्ने बैंकको कार्यक्रम अनुसार आज बैंकको मुख्य शाखा, पुतलिबजार, मेचिनगर, लगायतका शाखाहरुले सम्पन्न गरेका छन् ।
यस अघि बैंकको विभिन्न शाखाहरुले कार्यक्रम सम्पन्न गरेका थिए, बाँकी शाखाले यो हप्ताभित्रै सम्पन्न गरिसक्ने छन् । बैंकको मेचिनगर शाखाले गरेको ‘लघु गोष्ठी’ कार्यक्रममा बैंकको सञ्चालक महेन्द्र गिरी, मुख्य शाखाको कार्यक्रममा बैंकका बरिष्ठ प्रबन्धक मोहन बहादुर कार्की अन्य शाखा कार्यालयहरुले आयोजना गरेको कार्यक्रममा शाखा समन्वय उपसमितिका संयोजक तथा सदस्यहरु लगायतले सहभागिता जनाउनु भएको थियो ।
कार्यक्रममा सहभागिहरु बीच बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता (लगानी योग्य पूँजि) को अवस्थाका बारेमा सहभागिहरुको भोगाई, अवलम्बन गरेका नीति, संस्थाद्वारा गरिएका असल अभ्यासहरु, अपनाउनु पर्ने उपायहरुको बारेमा केन्द्रीत भएर छलफल भएको थियो ।
कार्यक्रममा नेपालमा सहकारी सुदृढिकरणका समस्याहरु, राष्ट्रव्यापी तरलता समस्याका सम्भावित कारणहरू, तरलता संकटमा नेपालका सहकारीको अवस्था, तरलता संकटबाट बच्न सहकारीले तत्काल अवलम्बन गर्नु पर्ने उपायहरुको विषयमा समेत छलफल तथा अन्तरक्रिया भएको छ ।
कार्यक्रममा सहभागि सहकारी संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुले आफ्नो वित्तिय क्रियाकलापहरुलाई प्रविधिमैत्री र आम जनताको भरोसा योग्य सहकारी संस्थाको रुपमा विकास गर्नु पर्ने भन्दै सहकारीले सधै सदस्यहरुको बिचमा विश्वास कायम राख्दै आफ्नो क्रियाकलाप अगाडी बढाउँदा सम्भाबित वित्तीय अफ्ठ्याराहरुमा समेत सदस्यहरुको निरन्तर सहयोग प्राप्त गरिरहेको बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button