News
व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड नयाँ बजार शाखाको आयोजनामा बुधबारदेखि सुरु भएको दुई दिने व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
कर्मचारीहरुमा व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्न, सहकारीमा सुशासन कायम गर्नुका साथै कार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बैंकद्वारा आयोजना गरिएको तालिम उपलब्धी मुलक भएको तालिमका सहभागिहरुले बताएका छन् ।
तालिममा नयाँ बजार शाखा कार्यालय क्षेत्रका २१ वटा सहकारीका व्यवस्थापकहरुले सहभागिता जनाएका थिए । तालिमका सहभागिहरुलाई प्रशिक्षक विवेकराज ठकुरी र शाखा प्रमुख लोकेन्द्र के.सी.ले प्रमाण पत्र वितरण गर्नु भएको थियो ।