News

बर्दघाटमा लेखा ब्यवस्थापन तालिम सम्पन्न

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड बर्दघाट शाखाको आयोजनामा चैत्र ६ गते देखि संचालित ४ दिने लेखा ब्यवस्थापन तालिम बुधबार सम्पन्न भएको छ ।

बैंकको बर्दघाट शाखामा कारोबार गर्ने सहकारी संघ/संस्थाहरुमा कार्यरत संञ्चालक तथा कर्मचारीहरुको लागि आयोजना गरेको तालिममा ३५ जना सहभागि भएका थिए ।

तालिम समापन कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका उप–प्रमुख माया पौडेलले सहकारीलाई शुरु देखि नै व्यवस्थित, पारदर्शी र सबैको विश्वासनीय बनाउनका लागि लेखा प्रणालीलाई व्यवस्थित गराउनु पर्नेमा जोड दिनुभयो । उहाँले बर्दघाट नगरपालिकाले पनि सहकारी शिक्षा र त्यसमा आवद्ध संचालक तथा कर्मचारीहरुलाई क्षमता बिकासको लागि विभिन्न काम गरेको उल्लेख गर्दै राष्ट्रिय सहकारी बैंकसंग सहकार्य गरेर तालिम तथा शिक्षाको क्षेत्रमा काम गर्न सकिने बताउनु भयो ।

जिल्ला सहकारी संघ लिमिटेड नवलपरासीका अध्यक्ष एवम् बर्दघाट शाखा समन्वय उप–समितिका संयोजक बिष्णु पौडेले सानो–सानो पूँजि संकलन गरेर बनाइने सहकारीलाई व्यवस्थित गराएर सहकारीमार्फत आर्थिक तथा सामाजिक अवस्थमा सुधार ल्याउनका लागि वित्तीय अनुशासन अति महत्वपूर्ण हुने भन्दै उहाँले लेखा सम्बन्धी ज्ञानलाई व्यवहारमा कार्यान्वयन गर्न तालिमका सहभागिहरुलाई आग्रह गर्नु भयो ।

तालिममा लेखाको परिचय, सहकारीमा लेखाको महत्व, लेखाका विशेषता, आवश्यकता सहित सहकारीमा लेखा राख्ने तरिका लगायतका विषयमा प्रशिक्षक रबिन्द्र घिमिरेले सहजीकरण गर्नु भएको थियो ।

तालिम समापन कार्यक्रममा शाखा समन्वय उप–समितिका सदस्यहरु पशुपति न्यौपाने, डिल्लीराज पाण्डे, दीर्घजिवि पोखरेल, बिष्णु बाहादुर बस्नेत, देवी पौडेल लगायतको उपस्थिति रहेको बैंकको बर्दघाट शाखाका प्रमुख सबिना पोखरेलले जानकारी दिनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button