Uncategorized

किर्तिपुर क्षेत्रका सहकारीकर्मीहरुलाई संरक्षित पूँजि फिर्ता कोष परिचालन तालिम

२३ माघ, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड किर्तिपुर शाखाको आयोजनामा संरक्षित पूँजि फिर्ता कोष परिचालन सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ ।
बैंकको किर्तिपुर शाखा र किर्तिपुर सहकारी संघको सयुक्त योजनामा आईतबार भर्चुअल माध्यमबाट आयोजना गरेको तालिमको उद्घाटन गर्दै बैंकका अध्यक्ष के.बी.उप्रेतीले सहकारी ऐनमा व्यवस्था भए अनुसार संरक्षित पूँजि फिर्ता कोषलाई प्रभावकारी परिचालनका लागि सहकारी संघ संस्थाहरुलाई आव्हान गर्नु भएको छ ।

संरक्षित पूँजि फिर्ता कोष परिचालन सम्बन्धी एक दिने तालिमको शुभारम्भ गर्दै उप्रेतीले यस्तो बताउनु भएको हो । उहाँले सहकारी ऐन र नियमावली अनुसार सहकारी संघ संस्थाहरुको खुद वचतबाट संरक्षित पूँजि फिर्ता कोषमा छुट्टिएको रकमलाई प्रभावकारी कार्यान्वयन गर्न सकेमा सहकारीमा सदस्यहको आकर्षण बढ्ने बताउनुभयो । शेयर लाभांश बाहेक कारोबारका आधारमा अतिरिक्त रकम पाइने भएकाले सदस्यहरुले सहकारीसंग कारोबार बढाउने उहाँको भनाइ थियो ।

सहकारी ऐन अनुसार संरक्षित पूँजि फिर्ता कोषको रकम सदस्यहरुले वार्षिक रुपमा कारोबार गरेको आधारमा सम्बन्धित सदस्यलाई उपलब्ध गराउनु पर्ने व्यवस्था रहेको छ ।
बैंकको तालिम बुटवल शाखाका प्रमुख नारायण वेलवासेले सहकारीमा संरक्षित फिर्ता पूँजि कोषको कानुनी प्रावधान, यसको महत्व र परिचालन गर्ने तरिका लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो । बैंकको किर्तिपुर शाखाका प्रमुख समिर मानन्धरले स्वागत गरेको कार्यक्रमको सञ्चालन तालिम विभागका वरिष्ठ अधिकृत मिना शर्माले गर्नु भएको थियो ।
भर्चुअल रुपमा सञ्चालित तालिममा त्यस क्षेत्रमा सञ्चालित विभिन्न सहकारी संघ संस्थाका ५० जनाको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button