सह–अध्यक्ष दवाडी र रजिष्ट्रार अधिकारीलाई राष्ट्रिय सहकारी बैंकमा स्वागत तथा बधाई

ललितपुर । राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष मित्रराज दवाडी र संघिय सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीलाई राष्ट्रिय सहकारी बैंकमा स्वागत गरिएको छ ।
शुक्रबार बैंकको केन्द्रीय कार्यालय कुपण्डोलमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा सह–अध्यक्ष दवाडी र रजिष्ट्रार अधिकारीलाई बैंकका अध्यक्ष के.बी. उप्रेती, संचालकहरु, प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई सहितले उहाँहरुलाई स्वागत गर्नु भएको थियो, कार्यक्रममा बिहिबार मात्र पद वहाली गर्नु भएको राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष मित्रराज दवाडीलाई सफल कार्यकालको शुभकामना सहित बधाई दिईएको थियो । उहाँ राष्ट्रिय सहकारी बैंकका लेखा सुपरिवेक्षण समितिको सदस्य समेत हुनुहुन्छ ।
स्वागत पछि कार्यक्रममा बोल्दै सहकारी विकास बोर्डका सह–अध्यक्ष मित्रराज दवाडीले सहकारी बैंकको लेखा सुपरिवेक्षण समिति हुँदै आफु विकास बोर्डको सह–अध्यक्ष हुन पुगेको भन्दै सहकार्य र सहयोगको लागि बैंक परिवारलाई धन्यवाद दिनु भएको थियो । उहाँले सहकारी क्षेत्रको विकास र प्रबर्दन गर्ने कुरामा सहकारीलाई नचिन्ने धेरै ऐन तथा कानुन रहेको भन्दै सहकारीको विकास हुन नसकेको बताउनु भयो, आफु निकै उत्साहित भएर बोर्डमा आएकोले सहकारी क्षेत्रको विकास, प्रवद्र्धन गर्न सबैसंग सहकार्य गरेर काम गर्ने बताउनु भयो । सहकारी क्षेत्रमा भएका र २÷४ जनाले गरेको गल्तीलाई हेरेर समग्र सहकारी अभियानलाई हेर्न नमिल्ने भन्दै स्थानिय क्षेत्रमा सहकारीलाई व्यवस्थित गरेर जानु पर्ने बताउनु भयो ।
सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले राष्ट्रिय सहकारी विकास बोर्ड, विभाग र बैंक संग–सगै भएकोले सहकारीको सुशासन, प्रवद्र्धन गर्ने र सहकारीलाई सुशासनमा ल्याउने कुरामा आपसी सहकार्य गरेरनै अगाडी बढिरहेको बताउनु भयो । उहाँले सहकारी क्षेत्रको शुद्धिकरण, दिगो, मर्यादित र विश्वसनीय बनाएर सहकारीको विकास गर्न हामी सबैको दायित्व भएकोले सबैले साझा सङकल्पका साथ अगाडी बढ्नु पर्नेमा जोड दिदै सहकारीलाई सुशासनमा ल्याउने कुरामा कसैको अभाव, प्रभाव र दवामा नरही काम गर्नु पर्ने उल्लेख गर्नु भयो । सहकारी विभागले पनि अहिले सहकारीका केहि उजुरी लिने र २५ वर्षको भिजन पेपर तयार गरी रोड म्याप बनाएर काम गरिरहेको बताउनु भयो ।
बैंकका अध्यक्ष के.बी. उप्रेतीले सहकारी क्षेत्रको सबै भन्दा ठुलो ठाउँनै विकास बोर्ड भएकोेले सबैको सहकार्यमा काम गर्नु पर्ने बताउनु भयो । विकास बोर्डले गर्ने काम धेरै भएकोले, राष्ट्रिय सहकारी महासंघ, सहकारी विभाग, सहकारी बैंक र विभिन्न केन्द्रीय सहकारी संघहरुको सहकार्यमा काम गर्न सकिने कुरा उल्लेख गर्दै बोर्डको आन्तरिक स्रोतबाट पनि धेरै काम गर्न सकिने बताउनु भयो । उहाँले निजि बैंकहरुले निरन्तर ब्याजदर बढाएको कुरा उल्लेख गर्दै सहकारी क्षेत्रको पैसा सहकारी क्षेत्रमानै राख्नको लागि पनि अहिलेको व्याजदर केही मात्रमा बढाउनको लागि विभागको ध्यानकर्षण गर्नुभयो ।
बैंकका अध्यक्ष के.बी उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका संचालक रामहरी बजगाईले स्वागत मन्तव्य राख्नु भएको थियो, भने प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले कार्यक्रम संचालन गर्नु भएको थियो ।
कार्यक्रममा बैंकका संचालकहरु ज्ञान बहादुर तामाङ्ग, पार्वती थापा मगर तथा बैंकको उच्च व्यवस्थापनका कर्मचारीहरु लगायतको उपस्थिति रहको रहेको थियो ।