News

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री तामाङ्गलाई बैंकका प्रमुख कार्यकारी अधिकृत गुरागाईद्वारा बधाई तथा शुभकामना

ललितपुर, १४ असोज
राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री माननीय तारा लामा तामाङ्गलाई बधाई तथा शुभकामना दिनु भएको छ ।

बिहीबार मन्त्री तामाङ्गको कार्यकक्षमा उपस्थीत भई प्रमुख कार्यकारी अधिकृत गुरागाईले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिनु भएको थियो । सो अवसरमा उहाँले राष्ट्रिय सहकारी बैंकले सुदूरपश्चिम क्षेत्रका सहकारी संघ/संस्थाहरुको लागि वित्तीय तथा गैर–वित्तीय क्षेत्रमा गरिरहेको क्रियाकलापको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा शुभकामना ग्रहण पछि मन्त्री तामाङ्गले राष्ट्रिय सहकारी बैंकले सुदूरपश्चिम क्षेत्रका सहकारीहरुलाई वित्तीय तथा अन्य क्षेत्रमा गरेको कार्यको उच्च प्रशंसा गर्दै प्रदेश सरकार बैंकसंग सहकार्य गरेर यहाँका सहकारी क्षेत्रको विकास र प्रवर्द्धन गर्न सकिने बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button