News

वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न

राष्ट्रिय सहकारी बैंक लिमिटेड धनगढ़ी शाखाको आयोजनामा धनगढी नमुना प्रविधिक मा.वि. धनगढी उ.म.न.पा.८, कैलालीमा अध्ययनरत विद्यार्थिहरुका बीच आज वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरिएको छ । विद्यार्थिहरुमा वित्तिय साक्षरता सम्बन्धि ज्ञान अभिवृद्धि गर्ने र सहकारीको संक्षिप्त परिचय दिने अभिप्रायले विद्यालयका प्रधानाध्यापक लक्ष्मण दत्त भट्टको अध्यक्षतामा, राष्ट्रिय सहकारी बैंक लिमिटेड धनगढी शाखाका समन्वय उपसमिति सदस्य कैलाश दाहाल ज्यूको प्रमुख आतिथ्तामा, धनगढी शाखाका शाखा प्रमुख कृष्ण रावलको संचालनमा र विद्यालयका शिक्षक तथा विद्यार्थिहरु लगायत गरी कुल ६० जनाको उपस्थितीमा कार्यक्रम संचालन भएको छ । वित्तिय साक्षरता कार्यक्रम संचालन पश्चात ९ जना संचालक सदस्य रहने गरी सहकारी वाल क्लब समेत गठन गरी सो को नामाकरण धनगढी नमुना सहकारी वाल क्लब राखिएको छ साथै क्लब संरक्षकको रुपमा विद्यालयका प्राधानाध्यापक लक्ष्मण दत्त भट्ट रहनेगरी एक समिति खडा गरी कार्यक्रम समापन भएको छ ।

Related Articles

Back to top button