Training

लेखा समिति क्षमता अभिबृद्धि तालिम

चैत्र २५, नेपालगन्ज

राष्ट्रिय सहकारी बैंक लि. नेपालको प्राबिधिक सहयोग र बचत तथा ऋण जिल्ला सहकारी संघ लि. बाँकको आयोजनामा, नेपालगंजको होटल इन्देणीमा २ दिवसिय लेखा समिति क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । समापन समारोह संघका सचिब एवम् शिक्षा तथा तालिम प्रेम शाहको अध्यक्षता, राष्ट्रिय सहकारी बैंक लि.केन्द्रिय संचालक एवम् लुम्बिनि प्रदेशका संयोजक बिजया धितालको प्रमुख आतिथ्यतामा, जिल्ला सहकारी संघ लि.का संचालक नवराज उपाध्याय, राष्ट्रिय सहकारी बैंक लि.नेपालगंज शाखा प्रमुख सागर नाथ योगीेको उपस्थितिमा तालिमको समापन समारोह सम्पन्न भएको छ । तालिमको समापन समारोहमा मितेरी बचत तथा ऋण सहकारीका लेखासमिति संयोजक गोबिन्द प्रसाद घिमिरेले तालिम एकदमै फदायि रहेको बताउदै आगामि दिनमा संस्थालाई निति, बिधि र सुसासनमा संचालन गराउन लेखासमितिले खेल्नु पर्ने भुमीका निवाह गर्ने बताउदै प्रशिक्षक प्रति आभार प्रकट गनु भएको थियो । तालिममा बचत तथा ऋण सहकारीहरुका लेखासमिति संयोजक र सदस्यहरु गरी जम्मा २५ जनाको सहभागिता रहेको थियो । तालिम राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत नारायण बेल्वासेको सहजिकरण सम्पन्न भएको छ ।

Related Articles

Back to top button