Training

४ दिने सहकारी लेखा व्यवस्थापन तालीम सम्पन्न

मेचिनगर, चैत्र २५

राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय मेचिनगरको आयोजनामा ४ दिने सहकारी लेखा व्यवस्थापन तालीम सम्पन्न भएको छ | धुलाबारीको मेचिनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभाहलमा संचालन भएको उक्त तालीम कार्यक्रम चैत्र २२ देखि चैत्र २५ सम्म सञ्चालन भएको थियो | तालीमको समापन समारोह बैंकको मेचिनगर शाखा कार्यालय शाखा समन्वय उपसमिति सदस्य कमल काफ्लेको सभापतित्वमा र पूर्वीगृह बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष विश्वेशर प्रसाद भट्टाराईस्फो आतिथ्यमा सम्पन्न भएको थियो |तालीमको सहजीकरण बैंकको तालीम अधिकृत सूर्य प्रसाद रिमालले गर्नुभएको थियो | तालीममा बैंकको मेचिनगर शाखा कार्यालय अंतर्गत कारोवार गर्ने २४ ओटा सहकारी संस्थाहरुबाट जम्मा ३४ जनाको सहभागिता रहेको थियो | तालीमको समापन कार्यक्रमको सञ्चालन तथा बैंकको सेवा सम्बन्धी प्रस्तुतिकरण बैंकको मेचिनगर शाखा कार्यालय प्रमुख मुना घिमिरेले गर्नु भएको थियो |

Related Articles

Back to top button