Training

२ दिने पर्ल्स अनुगमन प्रणाली तालीम सम्पन्न

नारायणगोपाल चोक, चैत्र २५

राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय नारायणगोपाल चोकको आयोजनामा २ दिने पर्ल्स अनुगमन प्रणाली तालीम सम्पन्न भएको छ | बसुन्धाराको साझा चुलो बैंक्वेटमा संचालन भएको २ दिने सो तालिमको समापन समारोहको अध्यक्षता बैंकका अध्यक्ष के बी उप्रेतीले गर्नु भएको थियो साथै प्रमुख अतिथिमा बैंकका संचालक ज्ञान बहादुर तमांग रहनु भएको थियो | तालीमको सहजीकरण अनिल बीर बज्राचार्यले गर्नुभएको थियो | तालीममा बैंकको नारायणगोपाल चोक शाखा कार्यालय अंतर्गत कारोवार गर्ने विभिन्न सहकारी संस्थाहरुबाट जम्मा २४ जनाको सहभागिता रहेको थियो | तालीमको समापन कार्यक्रमको सञ्चालन बैंकको नारायणगोपाल चोक शाखा कार्यालय प्रमुख सिद्दी कुमार श्रेष्ठले गर्नु भएको थियो |

Related Articles

Back to top button