News

सहकारी बाल क्लब गठन तथा बित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न


चैत्र २५, नुवाकोट

राष्ट्रिय सहकारी बैँक लिमिटेड शाखा कार्यालय नुवाकोटको आयोजनामा सहकारी बाल क्लब गठन तथा बित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण श्री च्वाडी पब्लिक माध्यामिक बिद्यालय बिदुर, नुवाकोटमा एक कार्यक्रमको बिच सम्पन्न भएको छ । उक्त बाल क्लवको संरक्षक बिद्यालयका शिक्षक सागर लामा रहनुभएको छ । उक्त कार्यक्रमको अध्यक्षता बैंकको नुवाकोट शाखा कार्यलयका शाखा समन्वय उपसमित संयोजक बैकुण्ठ मिश्रले गर्नु भएको थियो साथै कार्यक्रमको प्रमुख अतिथि जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष नायारण श्रेष्ठ रहनु भएको थियो | कार्य्रकमको संचालन बैंकको नुवाकोट शाखा प्रमुख प्रदीप अर्यालले गर्नुभएको थियो |

गठन भएको बाल क्लवमा रचना खतिवडा अध्यक्ष, उपाध्यक्ष नबीं राज श्रेष्ठ, सचिव अनूप कुमाल, कोषाध्यक्ष सरिता बयल्कोटी र सदस्यहरुमा प्रकाश पौडेल, सागर न्यौपाने, सूचना लामा, सजिता अर्याल र सुनीता मिजार रहनु भएको छ |

Related Articles

Back to top button