News

वित्तिय साक्षरता तथा सहकारी बाल क्लब गठन कार्यक्रम सम्पन्न

लहान, २५ चैत्र २०७७

राष्ट्रिय सहकारी बैंक लिमिटेड लहान शाखाको आयोजनामा “लक्ष्मण ललिता कुशवाहा मा.वि. रघुनाथपुर लहान ३, सिराहा”मा अध्ययनरत विद्यार्थीहरुका बीच आज वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरियो । विद्यार्थीहरुमा वित्तिय साक्षरता सम्बन्धि ज्ञान अभिवृद्धि गर्ने र सहकारीको संक्षिप्त परिचय दिने अभिप्रायले विद्यालयका प्रधानाध्यापक शिव शंकर महतो ज्यूको अध्यक्षता, राष्ट्रिय सहकारी बैंक लिमिटेड लहान शाखाका समन्वय उपसमिति संयोजक संजय महतो ज्यूको प्रमुख आतिथ्ता, लहान शाखाका शाखा प्रमुख समिर श्रेष्ठ ज्यूको संचालनमा र विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थितीमा कार्यक्रम संचालन भएको थियो । वित्तिय साक्षरता कार्यक्रम संचालन पश्चात सहकारी वाल क्लब समेत गठन गरी क्लब संरक्षकको रुपमा विद्यालयका प्राधानाध्यापक शिव शंकर महतो रहनेगरी एक समिति खडा गरी कार्यक्रम समापन भएको छ । उक्त समितिमा तपसिल बमोजिमका पदाधिकारी रहने समेत सोही कार्यक्रमले तय गरेको छ ।

Related Articles

Back to top button