News

सहकारी बैँकद्धारा बाल क्लब गठन तथा बित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

चैत्र २३, तुलसीपुर दाङ

राष्ट्रिय सहकारी बैँक लिमिटेड शाखा कार्यालय तुलसीपुरको आयोजनामा सहकारी बाल क्लब गठन तथा बित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम श्री गुरु जजुर नमुना माध्यामिक बिद्यालय रक्षाचौर तुलसीपुर दाङमा सम्पन्न भएको छ । कार्यक्रम बिद्यालयका शिक्षक तथा सो सहकारी बाल क्लबका संरक्षक शोभाराम धितालको अध्यक्षता राष्ट्रिय सहकारी बैँक लिमिटेड दाङ शाखा समन्वय उपसमिति सदस्य तथा श्री राप्ती विश्वासी साकोसका अध्यक्ष हेमन्त कुमार योगीको प्रमुख आतिथ्यतामा भएको हो ।

बिद्यार्थीहरुलाई सहकारी सचेतना, वित्तीय साक्षरता लगायतका रचनात्मक तथा सृजनशील कार्यक्रमहरुमा अग्रसर गराउने तथा बिद्यार्थि अवस्था देखी नै सहकारीको महत्वको बारेमा सचेतना गराउने उद्देश्यले राष्ट्रिय सहकारी बैँक लिमिटेडले ६८ ओटै शाखाहरु मार्फत सहकारी बाल क्लबहरु गठन गर्ने र वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण गराउने कार्यक्रम रहेको छ ।

सो बिद्यालयमा कक्षा ७ देखी ९ सम्मका बिद्यार्थिहरुको प्रारम्भीक सभाबाट गुरु जजुर सहकारी बाल क्लब नाम तय गरी कुष्मा के.सीको अध्यक्षतामा सचिव विनोद भट्टराई, कोषाध्यक्ष नबराज सुनार र सदस्यहरुमा तमन्ना वली, बिशाल योगी, सीता खडको, बिबेक खडका, सरिता घर्ती र  रुपलाल बस्नेत गरी ९ सदस्यीय गुरु जजुर सहकारी बाल क्लब गठन भएको छ । बिद्यालयले सो बाल क्लबको संरक्षकको रुपमा शिक्षक शोभाराम धिताल लाई तय गरेको छ ।

सो कार्यक्रममा क्लबको संरक्षक तथा शिक्षक शोभाराम धितालले यस्तो महत्वपुर्ण कार्यक्रमको लागि धेरै बिद्यालयहरु मध्य सो बिद्यालयलाई छनौट गरि क्लब निर्माण गरेकोमा बैँक प्रति आभारी रहेको र सो बाल क्लबले नमुना कार्यहरु गरेर देखाउने उपेक्षा रहेको बताउनुभयो । राष्ट्रिय सहकारी बैँक लिमिटेड दाङ शाखा समन्वय उपसमिति सदस्य हेमन्त कुमार योगीले बिद्यार्थिको सृजनशिलता, व्यक्तित्व बिकासको लागि र वित्तीय साक्षरता र सहकारीको धारणा प्रति बिद्यार्थिकाल देखी नै सचेतना गर्नको लागि यस्ता कार्यक्रमहरुले

महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । राष्ट्रिय सहकारी बैँक लिमिटेड शाखा कार्यालय तुलसीपुरका शाखा प्रमुख अजय रोकायाको सहजिकरण तथा बित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कक्षा संचालन गर्नु भएको थियो ।

Related Articles

Back to top button