News

बैंकको बनेपा शाखा कार्यालयद्वारा सहकारी बाल क्लव गठन

राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय बनेपाले श्री आजाद माध्यामिक बिध्यालयमा ११ सदस्यीय सहकारी बाल क्लव गठन गरेको छ | उक्त गठन भएको बाल क्लवलाई बैंकको बनेपा शाखा कार्यालयले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम पनी सञ्चालन गरेको थियो | सो बाल क्लवको संरक्षकको रूपमा बिध्यालयका प्रधानाध्यापक राम नारायण श्रेष्ठ रहनु भएको छ | बाल क्लवको पदाधिकारीहरुमा अध्यक्षमा शीतल सुनुवार, उपाध्यक्षमा रूबेल मगर, सचिवमा लनम योंजन, सहसचिवमा संजीता चौलागाई, कोषाध्यक्षमा रोशन बस्नेत, सदस्यहरुमा राजेश श्रेष्ठ, जमुना चौलागाई, अंजू गौतम, रीना तमांग, गीता श्रेष्ठ र रुश्मा श्रेष्ठ हुनुन्छ | कार्यक्रमको संचालन बैंकको बनेपा शाखा कार्यालय प्रमुख बीरबल कुमार राजबंशीले गर्नु भएको थियो |

Related Articles

Back to top button