Training

४ दिने सहकारी लेखा व्यवस्थापन तालीमको सुरुवात

मेचिनगर, चैत्र २२

राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय मेचिनगरको आयोजनामा ४ दिने सहकारी लेखा व्यवस्थापन तालीमको सुरुवात धुलाबारीको मेचिनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभाहलमा भएको छ | उक्त तालीम चैत्र २५ गते सम्म संचालन हुनेछ | तालीमको सहजीकरण बैंकको तालीम अधिकृत सूर्य प्रसाद रिमालले गर्नुहुनेछ | तालीममा बैंकको मेचिनगर शाखा कार्यालय अंतर्गत कारोवार गर्ने २४ ओटा सहकारी संस्थाहरुबाट जम्मा ३४ जनाको सहभागिता रहनेछ | ४ दिन सम्म चल्ने सो तालीमको बारेमा बैंकको मेचिनगर शाखा कार्यालय प्रमुख मुना घिमिरेले प्रकाश पर्नु भएको थियो |

Related Articles

Back to top button