News

बित्तिय साक्षरता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

राजबिराज, चैत्र २०

६४ औ सहकारी दिवस को अवसर पारेर “मर्यादित ब्यवसाय र प्रबिधिमा सहकारी” भन्ने मुल नारा को साथमा राष्ट्रिय सहकारी बैङ्क शाखा कार्यालय राजबिराजले सहकारी दिवस मनाएको छ । सो अवसर मा यश शाखाले श्री एस एल पि माध्यमिक बिध्यालयमा बाल क्लब गठन गरि कक्षा ७ देखि १२ सम्मका बालबालिकाहरुलाई बित्तिय साक्षरता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । अभिमुखिकरण कार्यक्रमको अध्यक्षता राजबिराज शाखाका शाखा समन्वय उपसमिती संयोजक गणेश कुमार आसले गर्नु भएको थियो । प्रमुख अतिथी को भुमिकामा बैंकका संचालक तथा प्रदेश 2 का संयोजक बिश्वनाथ मण्डलले गर्नुभएको थियो | कार्यक्रममा स्थानिय सहकारीकर्मी तथा सुरक्षा निकायका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रम सन्चालन भने स्थानिय सहकारीकर्मी तथा बैंकको राजबिराज शाखाको शाखा समन्वय समिती सदस्य श्रीमती ममता साहले गर्नुभएको थियो भने सम्पुर्ण उपस्थीत अतिथी तथा बिध्यार्थी भाइ बहिनीहरुलाई स्वागत तथा बित्तिय साक्षतरता सम्बन्धी अभिमुखिकरण गर्ने काम बैंकको राजबिराज शाखा प्रमुख चन्द्रमणी भट्टराईले गर्नु भएको थियो । प्रमुख अतिथीज्युले प्रेणणात्मक मन्तब्य राख्दै भाइ बहिनीहरुलाई बचत गर्ने बानी को बिकाश गर्न र योग ध्यानको माध्यमबाट समस्या को समाधान खोज्न आग्रह गर्दै उत्प्रेरित गर्नु भयो ।
करिब 2 घन्टा सम्म चलेको कार्यक्रममा भाइ बहिनिहरुले संवत् स्फुर्त रूपमा क्लवको नेतृत्व आफै छनौट गर्नुभएको थियो | गठन भएको सहकारी बाल क्लवको संरक्षक शिक्षक तारा प्रसाद पौडेल रहनु भएको छ | बाल क्लवको अध्यक्ष मोहम्मद इर्साद आलम, उपाध्यक्ष अन्जली मेहेता, सचिब अमित कुमार मेहता, कोषाध्यक्ष अन्जु कुमारी खङ र सदस्यमा अनमोल कुमार मेहता, रोशनी यादब, राजु यादब रहनु भएको छ |

Related Articles

Back to top button