News

सहकारी बाल क्लव गठन

उर्लाबारी, चैत्र २०

राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय उर्लावारीले ६४औं राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा श्री राधिका मा.वि. उर्लावारी, मोरङमा तनुजा थापाको नेतृत्वमा ११ सदस्यीय सहकारी बाल क्लव गठन गरेको छ । उक्त बाल क्लबको अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा दिनेश कँडेल, सचिवमा किसान परियार,सह-सचिवमा युनिका कार्की, कोषाध्यक्षमा मञ्जिला थपलिया र अन्य सदस्यहरूमा अनिश दाहाल, प्रेस्मा दंगाल, सञ्जोग लिम्वू, सुहाना गुरूङ, प्रतिमा बस्नेत र रोहनी शर्मा रहनुभएको छ भने बाल क्लवको संरक्षकमा विद्यालयकि शिक्षिका सर्शु देवी गुरूङ रहनुभएको छ । उक्त विद्यालयका प्रधानाध्यापक कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न भेलामा कक्षा ८ र ९ का ४५ जना छात्र छात्राहरूको सहभागीता रहेको थियो । प्रधानाध्यापक पोखरेलले बाल क्लव गठन तथा कार्यक्रमका लागि विद्यालयका छनोट गरेकोमा राष्ट्रिय सहकारी बैंकलाइ धन्यवाद ज्ञापन गर्दै उक्त कार्यक्रमले विद्यार्थीहरूमा सहकारीका बारेमा जानकारी प्रदान गर्ने र वित्तिय साक्षरता कार्यक्रममा हौसलाका साथ सहभागी हुने कुरा व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा अतिथीको रूपमा राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय उर्लाबारी शाखा समन्वय उपसमितिकी सल्लाहकार विध्या चाम्लिङ्ग, विद्यालयका सहायक प्रधानाध्यापक रूद्र नेउपानेको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन शाखा प्रमुख विनोद चुडालले गर्नुभएको थियो ।

Related Articles

Back to top button