News

वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

विरगंज, चैत्र २०

राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय बीरगंजको आयोजनामा राष्ट्रिय सहकारी दिवस २०७७ साल चैत्र २० गतेको अवसरमा श्री नृसिंह माध्यमिक विधालय, पिपरामठ, बीरगंज१४, पर्सामा बाल कल्ब गठन गरी वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

श्री नृसिंह माध्यमिक विधालयमा अध्ययनरत बिधार्थीहरुलाई वित्तिय शिक्षा तथा सचेतना सम्बन्धी क्रियाकलाप अन्तर्गत वित्तिय साक्षरता कार्यक्रम संचालन राष्ट्रिय सहकारी बैंक बीरगंज शाखाका शाखा प्रमुख संजय कुमार महतोले गर्नुभएको थियो । कार्यक्रममा श्री नृसिंह माध्यमिक विधालयमा अध्ययनरत कक्षा ८ देखि १२ सम्मका ५० जना विधार्थीहरु तथा बीरगंज क्षेत्रभरीका सहकारी संघ संस्थाहरुको प्रतिनिधिहरुको सहभागीता रहेको थियो । साथै राष्ट्रिय सहकारी दिवसकै उपलक्ष्यमा राष्ट्रिय सहकारी बैंक बीरगंज शाखाको प्राविधिक सहयोग तथा कोअपरेटिभ म्यानेजर्स क्लब पर्साको आयोजनामा श्री नृसिंह माध्यमिक विधालय, पिपरामठ, बीरगंज१४, मा हाजिरी जवाफ प्रतियोगिता पनि भब्यताका साथ आयोजना भएको थियो । उक्त हाजिरी जवाफ प्रतियोगितामा जिल्ला बचत तथा ऋण सहकारी संघ पर्सा, कोअपरेटिभ म्यानेजर्स क्लब पर्साका प्रतिनिधि ज्यूहरु तथा विधालयका शिक्षक शिक्षिका लगायत विधार्थीहरुको उल्लेखनिय उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

Related Articles

Back to top button