News

बाल क्लव गठन तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बलम्बु, चैत्र २०

राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय बलम्बुको आयोजनामा थानकोट स्थीत श्री मंङ्गलोदय माध्यमिक विद्यालय काठमाडौंमा विद्यार्थीहरुको भेलामार्फत बिद्यालयका प्रधानाध्यापक कविन्द्र गोपालीज्यूको संरक्षकत्वमा कक्षा ९ मा अध्यनरत विद्यार्थी  प्रशंसा अधिकारीको अध्यक्षतामा ११ सदस्यीय सहकारी बाल क्लब गठन भएको छ । सहकारी बाल क्लबको पदाधिकारीहरुमा उपाध्यक्ष जेसिका श्रेष्ठ, कोषाध्यक्ष प्रबिल कार्की, सचिव सिजन अधिकारी, सदस्यहरुमा साहारा श्रेष्ठ, शशिकला स्याङतान, सिमन खड्का, सविता जैसवाल, कृपा विष्ट, सुरक्षा श्रेष्ठ, रबिता शर्मा रहेका छन् । उक्त बाल क्लब गठन चन्द्रागिरी नगर सहकारी समन्वय समितिका संयोजक केशव राज शर्मा र काठमाडौं जिल्ला बचत संघका संचालक लेमन श्रेष्ठको आतिथ्यतामा सहकारी बाल क्लब गठन गरी बित्तीय साक्षरता सम्बन्धी कक्षा संचालन गरिएको छ । उक्त कार्यक्रमको संचालन बैंकको बलम्बु शाखाको प्रमुख कला थपलियाले गर्नुभएको थियो । सो कार्यक्रममा अतिथिद्धय केशव राज शर्मा र लेमन श्रेष्ठले बैंकले आयोजना गरेको यस्तो कार्यक्रमले बालबालिकालाई विद्यालय तहदेखि नै सहकारी शिक्षा र वित्तीय शिक्षाको बारेमा जानकारी हुने र आजको सानो पुँजीको बचतले नै भविष्यमा केहि गर्न मद्दत गर्ने हुँदा बालबालिका बिचमा बचतको महत्व अझ बढन गएको बताउनु भयो । साथै उक्त विद्यालयका प्रधानाध्यापक कविन्द्र गोपालीले बैंकले सहकारी बाल क्लब गठनका लागि चन्द्रागिरी न.पा क्षेत्रमा नमुना विद्यालयको रुपमा रहेको मंङ्गलोदय माध्यमिक विद्यालयलाई छनौट गरिएकोमा बिशेष धन्यवाद ज्ञापन गर्नुभयो ।

Related Articles

Back to top button