News

आदर्श सहकारी बाल क्लव गठन तथा वित्तीय साक्षरता तालिम कार्यक्रम सम्पन्न

इलाम, चैत्र २०

राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय इलामको आयोजनामा इलाम न.पा ७ स्थित श्री आदर्श माध्यामिक विध्यालयमा ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा वित्तीय साक्षरता तालिम कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमका बिच सोहि विध्यालयको कक्षा ११ मा अध्यनरत विधार्थी खेम कुमारी राना मगरको अध्यक्षतामा सात सदस्यीय आदर्श सहकारी बाल क्लवको गठन भएको छ । उक्त सहकारी बाल क्लवको उपाध्यक्षमा विनोद कार्की, सचिवमा खेम कुमारी भट्टराई, कोषाध्यक्षमा भुवन आचार्य तथा संचालक सदस्यमा क्रमश शितल राई, आकृति राई र गोपाल फुँयाल रहनु भएको छ । बाल क्लवको संरक्षकको रुपमा विधालयका शिक्षक युवराज गुरागाईं हुनुहुन्छ ।
क्लव गठन कार्यक्रम विधालयका निमित्त प्रधानाध्यापक बेद प्रसाद काफ्लेको अध्यक्षतामा इलाम जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव कृष्ण बहादुर बस्नेतको प्रमुख आतिथ्यता र बैंकका कर्मचारी मनोज लामिछाने र भिम कुमारी राईको उपस्थितिमा भएको थियो । कार्यक्रमका प्रमुख अतिथि कृष्ण बहादुर बस्नेतले राष्ट्रिय सहकारी बैकले नमूना सामुदायिक विध्यालयमा यस किसिमको कार्यक्रमको सुरुवात गरेकोमा खुशी व्यक्त गर्दै सफलताको कामना समेत गर्नुभएको थियो ।
कक्षा ११ र १२ मा अध्यनरत ३७ जना विधार्थीहरुको सहभागीतामा भएको उक्त कार्यक्रमको संचालन विधालयका शिक्षक युवराज गुरागाईंले गर्नुभएको थियो भने कार्यक्रमको औचित्यता र भावि कार्यक्रमहरुको विषयमा प्रकाश पार्दै वित्तीय साक्षरता सम्बन्धमा बैंकका इलाम शाखा प्रमुख मनोज लामिछानेले कक्षा सञ्चालन गर्नुभएको थियो |

Related Articles

Back to top button