राष्ट्रिय सहकारी बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा आगामी मंसिर ३० गते शनिबार हुने भएको छ । बैंकको शुक्रबार सम्पन्न सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, प्रवुद्ध समुह र केन्द्रीय उपसमितिका सदस्यहरुको संयुक्त वैठकले मंसिर ३० गते साधारणसभा गर्ने निर्णय गरेको हो । बैंकको २० औं वार्षिक साधारणसभा अन्तरगत मंसिर ३० गते ७ प्रदेशमा इकाईसभा र पुस ६ गते इकाई प्रतिनिधिहरुको सभा गरिने बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिनुभयो ।