सहकारी स्तरीकरण कार्यक्रम (Cooperative Standardization Program)
बैकका सदस्य सहकारी संघ/संस्थाहरुको संस्थागत विकास एवं सुदृढिकरणका लागि सहकारी स्तरीकरण कार्यक्रमको विकास गरि सञ्चालनमा ल्याएको छ । सहकारी स्तरीकरणका लागि बैंकले संस्थाको स्तर मापन गर्ने सूचांकहरु विकास गरेको छ । संस्थाहरुको अवस्था पहिचानका लागि बैंकले स्थलगत एवं गैरस्थलगत रुपमा सदस्य संघ÷संस्थाहरुको अनुगमन गर्नेछ । अनुगमनका लागि बैंकले बचत तथा ऋणको कारोवार गर्ने संघ/संस्थाहरुका लागि र बचत तथा ऋण बाहेकको कारोवार गर्ने संघ/संस्थाहरुका लागि छुट्टा–छुट्टै सूचांकहरु विकास गरेको छ । बचत तथा ऋणको मात्र कारोवार गर्ने संघ/संस्थाहरुका लागि वित्तिय क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सूचांकहरु निर्माण गरिएको छ । जस अन्तर्गत पर्ल्स (PEARLS) अनुगमन प्रणालीलाई उच्च प्राथमिकतामा राखेर सहकारी संघ/संस्थाहरुको स्तरीकरण गरिनेछ । बचत तथा ऋण बाहेकका सहकारी संघ÷संस्थाहरुको हकमा वित्तिय पक्षको साथ/साथै गैर वित्तिय पक्षलाई उच्च प्राथमिकतामा राखेर संस्थाहरुको स्तरीकरण गरिनेछ ।
स्तरीकरण कार्यक्रम अन्तर्गत सदस्य संघ/संस्थाहरुमा सुधार गर्नु पर्ने पक्षहरुलाई आधार मानेर आवश्यकतामा आधारीत तालिम तथा शिक्षाका कार्यक्रमहरु सञ्चालन गरिनेछ । सहकारी संस्थाको आवश्यकता र क्षमतामा आधारीत नीति विधिहरु निर्माणका साथै योजना निर्माणमा समेत बैंकले प्राविधिक सहयोग उपलव्ध गराउनेछ । स्तरीकरण कार्यक्रम अन्तर्गत दिइएका सुधारात्मक सुझावहरुका आधारमा संस्थाले गुणस्तरीय सुनिश्चितता कायम गर्दै अगाडी बढ्नेछन् । परिणामत सहकारी क्षेत्रमा गुणात्मक सुधार आई सहकारी संघ÷संस्थाहरु एवं सिंगो सहकारी अभियानको छवि समेत उच्च हुनेछ ।
स्तरीकरण कार्यक्रमलाई बैंकले ४ चरणमा विभाजन गरेर सञ्चालन गरेको छ । जस अन्तर्गत हाल आधारभुत स्तरीकरण र CARE (Cooperatives will be Able to Run Efficiently) कार्यक्रम सञ्चालनमा आइसकेको छ । पछिल्ला दुइ वटा कार्यक्रमहरुको सञ्चालन प्रक्रियाको विकास भइसकेको र कार्यान्वयनको चरणमा रहेका छन् ।
१. आधारभुत स्तरीकरण
आधारभुत स्तरीकरण कार्यक्रमका लागि बैंकले सफ्टवेयर निर्माण गरि बैंकको वेवसाइटमा राखिएको छ, जसमा सदस्य संस्थाले लग इन गरी आफ्नो वित्तिय तथा गैरवित्तिय अवस्थाको बारेमा जानकारी प्राप्त गरी आफु कुन स्तरमा रहेको थाहा पाउन सक्नेछन । यसरी सहकारीले आफ्नो अवस्थाका साथै सो का लागि आवश्यक सुझाव समेत ताँहाबाट प्राप्त गर्न सक्नेछन् । प्राप्त सुझावका आधारमा संस्थाले आफ्ना क्रियाकलापहरुमा सुधार गरि संस्थागत विकास गर्दै अगाडी बढनेछन् । यस कार्यक्रममा सहभागीताका लागि संस्थाले कुनै पनि शुल्क तिर्नुपर्ने छैन ।
२. CARE कार्यक्रम
आधारभुत स्तरीकरणमा सफल भएका संस्थाहरुले बैंकले विकास गरेको दोश्रो चरणको CARE कार्यक्रममा सहभागीता जनाउन सक्नेछन् । यस कार्यक्रममा सहभागीताका लागि संस्थाले केही सहभागिता शुल्क भने तिर्नुपर्नेछ । सहकारी संस्था र बैंकको संयुक्त कार्यक्रम रहेकाले नै सामान्य शुल्क निर्धारण गरिएको हो । कार्यक्रम, सदस्य सहकारी संस्था र बैंक बिच केहि शर्तहरुको आधारमा सम्झौता गरि सञ्चालन हुनेछ । यस कार्यक्रममा प्रत्येक वर्ष बैंकले सहभागी संस्थाको कम्तीमा तीन पटक स्थलगत अवलोकन एवं निरिक्षण गरि सुझाव, सुधार गर्नुपने विषय र सिमा (Action Plan) सहितको प्रतिवेदन उपलब्ध गराउने छ । यसका अतिरिक्त बैंकले समय–समयमा गैर स्थलगत निरिक्षण गरि सो मा समेत सुझाव सहितको प्रतिवेदन दिनेछ । यसरी प्राप्त सुझावका आधारमा संस्थाले आफ्ना कारोवार तथा गतिविधिहरुलाई सुधार गर्दै अघि बढनुपर्नेछ ।