• National Cooperative Bank Limited - NCBL
  • Corporate office: Kupandol Lalitpur
  • Call us 00977-1-5180182
  • Find Us On

Loans

NCBL Loan Product

(१) चालूपूँजी कर्जा :

छोटो अवधिमा नै प्रतिफल दिने सहकारी व्यवसायहरुमा जाने कर्जा यस अंतर्गत पर्दछन् । यस किसिमको कर्जा १ वर्षसम्म अवधिको लागि प्रवाह हुनेछ । कर्जाको मासिक वा त्रैमासिक रुपमा व्याज बुझाउनु पर्नेछ । साँवा एकमुष्ठ भुक्तानी गर्नु पर्नेछ ।

२) अल्पकालिन ब्यवसायिक कर्जा

सहकारी संघ/संस्थाको अल्पकालिन ब्यवसायिक कारोवार संचालनार्थ र संचालित कारोवार अभिबृद्धि गर्न यस प्रकारको कर्जा उपलब्ध गराईनेछ । विशेषगरी संघ/संस्था र संघ/संस्थामा आवद्ध सदस्यहरुको अल्पकालिन ब्यापार व्यवसायको क्षेत्रलाई लक्षित गरी यस प्रकारको कर्जा प्रवाह गरिनेछ । यस किसिमको कर्जा १ वर्षसम्म अवधिको लागि प्रवाह हुनेछ । कर्जाको मासिक वा त्रैमासिक रुपमा व्याज बुझाउनु पर्नेछ । साँवा एकमुष्ठ भुक्तानी गर्नु पर्नेछ ।

३) मौसमी कर्र्जा (Seasonal Loan)

नेपालको भौगोलिक बनावट, जलवायूको दृष्टिकोणले विविध प्रकारको मौसम र सोही अनुसार भिन्न भिन्न क्षेत्रमा फरक फरक मौसमी खेती तथा ब्यवसायको सम्भावना रहेको छ । किसानहरुलाई मौसम अनुसारको बाली उत्पादन गर्न र ब्यवसायीहरुलाई मौसम अनुसारको ब्यवसाय संचालन गर्न पूँजीको आवश्यकता हुन्छ । मौसम र भौगोलिक वनावट अनुसार कुनै बालि छोटो अबधिमा नै उत्पादन हुन्छ भने कुनै बाली उत्पादन हुन लामो समय लाग्ने भएकोले बाली भित्र्याई विक्रि वितरण हुन लाग्ने समयसम्म र व्यवसायलाई मौसम अनुसार लाग्ने समयसम्मको लागि यस प्रकारको कर्जा प्रदान गरिनेछ । यस किसिमको कर्जा ३ महिना देखि १ वर्षसम्म अवधिको लागि प्रवाह गर्न सकिने छ । कर्जाको किस्ता (साँवा तथा ब्याज) भुक्तानी मासिक वा त्रैमासिक रुपमा बुझाउनु पर्नेछ ।

४) पर्यटन प्रवर्दन कर्जा

नेपालको भौगोलिक विविधता, प्रकृतिक सौन्र्दयता, सांस्कृतिक परम्परा, धार्मिक आस्थामा आधारित मठ, मन्दिर, विभिन्न भुभागमा बसोवास गर्ने वासीन्दाहरुको फरक फरक रहन सहन, भेषभुषा र रितिरिवाजका कारण आन्तरिक तथा बाह्य पर्यटनहरुको रोजाईमा नेपालका हिमाल, पहाड र तराईका विभिन्न क्षेत्रहरु पर्ने गरेका छन् । यहाँ साना देखि ठूला पर्यटन व्यवसायहरुको प्रचुर सम्भावना रहेको हुदाँ यस क्षेत्रमा सहकारी क्षेत्रको पहुँच पु¥याउन, पुंजीको अभाव हुन नदिन, पर्यटन प्रवद्र्धन र विकास गर्नुको साथै पर्यटन ब्यवसायको माध्यमबाट त्यस क्षेत्रका जनतालाई स्वरोजगारको अवसर प्रदान गरी उनीहरुको जीवनस्तरमा सुधार ल्याई आत्मनिर्भर वनाउनु यस प्रकारको कर्जाको उद्देश्य रहेको छ । यस प्रकारको कर्जा सहकारी संघ/संस्था वा सहकारी संघ/संस्थामा आवद्ध सदस्यहरुको पर्यटन व्यवसायमा लक्षित भई प्रवाह गरिनेछ । यस किसिमको कर्जा ३ महिनादेखि १० वर्षसम्म अवधिको लागि प्रवाह गर्न सकिने छ । कर्जाको किस्ता (साँवा तथा ब्याज) भुक्तानी मासिक वा त्रैमासिक रुपमा बुझाउनु पर्नेछ ।

५) परियोजना कर्जा

सहकारी क्षेत्र र राष्ट्रकै समग्र विकासका लागि ठुला उद्योग, बजार, सेवा तथा उत्पादनशील क्षेत्रका भौतिक पूर्वाधारको निमार्णका लागि तथा दिर्घकालिन परियोजनामा यस प्रकारको कर्जा लगानी गरिन्छ । कृषि, घरेलु, उद्योग, लघु जलबिद्युत, सेवामुखी दिर्घकालिन व्यवसाय/परियोजना, बजार पूर्वाधार, उत्पादन, भण्डारण, प्रशोधन केन्द्र, थोक विक्रिस्थल लगायतका परियोजनाहरुमा यस्तो प्रकारको कर्जा प्रदान गरिने छ । यस किसिमको कर्जा ५ वर्ष भन्दामाथि १५ वर्षसम्मको अवधिको लागि दिर्घकालिन परियोजनामा प्रवाह गरिन्छ ।

६) तरलता ब्यवस्थापन कर्जाः

यस प्रकारको कर्जा संघ संस्थाको अल्पकालिन तरलता ब्यवस्थापनको लागि दिइन्छ । यस प्रकारको कर्जा बढिमा १ बर्षसम्मको लागि उपलब्ध गराउन सकिने छ । ब्याज भुक्तानी मासिक वा त्रैमासिक रुपमा भुक्तानी गर्नु पर्दछ । साँवा एकमुष्ठ भुक्तानी गर्नु पर्नेछ ।

७) उत्पादन/प्रशोधन/ भण्डारण/बजारीकरण कर्जा:

यस कर्जा शिर्षक अन्र्तगत चिया, कफी, दुग्ध, पशुपंक्षी पालन, माछापालन, उखुखेती, मौरीपालन तथा अन्य उत्पादन, प्रशोधन, भण्डारण तथा बजारीकरणको कार्य गर्ने लगायतका सहकारी संघ/संस्थालाई लगानी गरिनेछ । परियोजनाको प्रकृतिको आधारमा कर्जाको अवधि १ देखि ५ वर्षसम्मको हुनेछ । कर्जाको भुक्तानी मासिक वा त्रैमासिक रुपमा गर्नुपर्नेछ ।

८) सहकारी ब्यवस्थापन कर्जा:

यस प्रकारको कर्जा संघ संस्था संचालन गर्ने क्रममा भएका र हुने संभावित जोखिम एवम् आवश्यकताहरुलाई तत्कालै पूँजीको अभाव भएका, पुँजीकोष ऋणात्मक भएका, जोखिम भारित सम्पत्ति प्रभावकारी नभएका कारण दैनिक कार्य संचालन गर्न कठिनाई भई संस्था संचालनका न्यूनतम आधारभुत आवश्यकता परिपुर्ति गर्न असहज परिस्थिति सिर्जना भएका संघ संस्थाहरुको लागि मात्र यो ब्यवस्था लागु हुनेछ । यस किसिमको कर्जा १ वर्षसम्म अवधिको लागि प्रवाह हुनेछ । कर्जाको मासिक वा त्रैमासिक रुपमा व्याज बुझाउनु पर्नेछ । साँवा एकमुष्ठ भुक्तानी गर्नु पर्नेछ ।

९) दिगो सहकारी कर्जा

सहकारी संघ संस्था मार्फत आर्थिक दृष्टिकोणले विपन्न वर्गको आयस्तर सुधार गर्न, स्वरोजगार सिर्जना गर्न र उद्यम तथा ब्यवशाय संचालन गर्न यस प्रकारको कर्जा उपलब्ध गराउन सकिनेछ । कर्जा उत्पादनशील, श्रममूलक एवम् आयमूलक कार्य सञ्चालनको लागि मात्र उपलब्ध गराईनेछ । कर्जा अवधि ३ बर्षे र ५ बर्षको लागि लगानी गरिन्छ । कर्जाको मासिक वा त्रैमासिक रुपमा किस्ता (साँवा तथा व्याज) बुझाउनु पर्नेछ ।

१०) सवल सहकारी कर्जा :

यस बैंकका सदस्य सहकारी संघ/संस्थामा आवद्ध आर्थिक दृष्टिकोणले विपन्न वर्गको आयस्तर सुधार गर्न, स्वरोजगार सिर्जना गर्न, आत्मनिर्भर वनाउन र उद्यम तथा ब्यवशाय संचालन गर्न यस प्रकारको कर्जा उपलब्ध गराईने छ । यस प्रकारको कर्जा उत्पादनशील, श्रममूलक, स्वरोजगारमूलक एवम् आयमूलक कार्य सञ्चालनको लागि मात्र प्रवाह गरिनेछ । यस किसिमको कर्जा ३ बर्षदेखि ५ वर्षसम्मको अवधि वा संचालक समितिले समय समयमा तोके वमोजिमको अवधिको लागि प्रवाह गर्न सकिने छ । कर्जाको मासिक वा त्रैमासिक रुपमा किस्ता (साँवा तथा व्याज) बुझाउनु पर्नेछ ।

११) सहकारी स्तरिकरण कर्जा :

यस प्रकारको कर्जा सहकारी बैंक वा मान्यता प्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रीय संघ/संस्थाबाट गरिएको रेटिङमा उत्कृष्ठ भई सोको प्रमाण पत्र समेत प्राप्त गरेका संघ/संस्थालाई प्रदान गरिनेछ । यस प्रकारको कर्जा ३ महिनादेखि ५ बर्षसम्मको लागि प्रवाह गरिनेछ । कर्जाको मासिक वा त्रैमासिक रुपमा किस्ता (साँवा तथा व्याज) बुझाउनु पर्नेछ ।

१२) साना तथा मझौला सदस्य कर्जा (SME Loan)

यस प्रकारको कर्जा ग्रामीण भेगमा संचालित साना तथा मझौला कारोवार गर्ने सहकारी संघ संस्थाको लागि मात्र लागू हुनेछ । यस किसिमको कर्जा ३ बर्षसम्म अवधिको लागि प्रवाह गरिनेछ । कर्जाको मासिक वा त्रैमासिक रुपमा किस्ता (साँवा तथा व्याज) बुझाउनु पर्नेछ ।

१३) स्वावलम्बन तथा स्वरोजगार कर्जा :

सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रीय गैह« सरकारी संस्थाबाट विना व्याज वा कम व्याजदरमा रकम प्राप्त भएमा जुन उद्देश्यका लागि प्राप्त भएको हो, सो सम्बन्धी कारोबार गर्ने संघ संस्थालाई सहुलियत दरमा यो कर्जा लगानी गर्न सकिनेछ ।

१४) घर घरेडी तथा आवास कर्जा :

बैंकको सदस्य संघ संस्था वा संघ संस्थाका सदस्यहरुवाट घरघडेरी खरिद तथा निर्माण गर्नका लागि एकमूष्ट कर्जा माग हुने गरेकोले बैंकले समेत सोही संघ संस्था वा संघ संस्थाका सदस्यहरुलाई लक्षित गरी घरघडेरी खरिद, निर्माण तथा आवास कर्जा प्रदान गरिन्छ । यस्तो कर्जामा कम्तिमा ३५ प्रतिशत संघ संस्था वा संघ संस्थाका सदस्यले लगानी गर्नुपर्ने र बढीमा ६५ प्रतिशत बैंकले कर्जा लगानी गर्नेछ । यस प्रकारको कर्जा ५ बर्षदेखि १० बर्षे अवधिसम्मको लागि प्रवाह गरिन्छ । कर्जाको मासिक वा त्रैमासिक रुपमा किस्ता (साँवा तथा व्याज) बुझाउनु पर्नेछ ।

१५) हायर पर्चेज कर्जा

यस प्रकारको कर्जा सहकारी संघ संस्था वा संघ संस्थाका सदस्यहरुलाई सवारी साधन गरीद गर्न उपलब्ध गराइनेछ । यो कर्जा १ बर्षदेखि ५ बर्षे अवधिसम्मको लागि प्रवाह गरिन्छ । कर्जाको मासिक वा त्रैमासिक रुपमा किस्ता (साँवा तथा व्याज) बुझाउनु पर्नेछ ।

१६) किस्ताबन्दी कर्जा

मासिक वा त्रैमासिकरुपमा किस्ता बुझाउनु पर्नेगरी प्रवाहित कर्जा यस शिर्षक अन्र्तगत पर्दछन् । यस प्रकारको कर्जा ३ महिनादेखि १० बर्षे अवधिको लागि प्रवाह गरिन्छ । कर्जाको मासिक वा त्रैमासिक रुपमा किस्ता (साँवा तथा व्याज) बुझाउनु पर्नेछ ।

१७) व्यवसायिक किस्ताबन्दी कर्जा

सहकारी संघ/संस्थाका सदस्यहरुमा व्यवसायीकता तथा उद्यमशीलताको विकास गर्न सम्भाव्य ÷उपयुक्त परियोजनाहरु जस्तैः साना तथा मझौला उद्योग, सेवा, व्यापार आदि व्यवसायका लागि यस प्रकारको कर्जा प्रदान गरिनेछ । यस्ता प्रकारको लगानी सहकारी बैकले प्रतिस्पर्धात्मक ब्याजदरमा संचालन गर्नेछ । सहकारी संघ/संस्थाहरुलाई यस्ता प्रकारका व्यवसाय, उद्यमतर्फ आकर्षित गराई सहकारी क्षेत्रको दीगो विकास गराउन र देशको आन्तरिक माग पुरा गर्न एवं निकासीयोग्य वस्तुको उत्पादन गरी कुल ग्राहस्थ उत्पादनको वृद्धिलाई सुनिश्चित गर्न यसबाट ठूलो मद्दत पुग्न सक्छ । यसरी सहकारी बैकले लगानी गर्दा मुद्राको माग र पुर्ति, प्रतिस्पर्धीहरुको ब्याजदर तथा सेवा संरचना, बजारको शेयर आदि जस्ता कुरालाई आधार मानी आफ्नो सेवा विस्तार गरिनेछ । यस किसिमको कर्जा ३ महिनादेखि ५ वर्षसम्म वा बैंकको संचालक समितिले समय समयमा तोके वमोजिमको अवधिको लागि प्रवाह गर्न सकिने छ । कर्जाको मासिक वा त्रैमासिक रुपमा किस्ता (साँवा तथा व्याज) बुझाउनु पर्नेछ ।

१८) लघुकर्जा

सामूहिक जमानीमा आधारित विपन्न वर्गको लागि प्रवाह हुने विना धितो कर्जालाई जनाउँदछ । यस प्रकारको कर्जा विपन्न वर्गलाई पनि संघ संस्थाले विनाधितो नै प्रवाह गर्नुपर्ने हुन्छ । कर्जा अवधि ३ बर्षे र ५ बर्षे रहेको छ । यो कर्जा मासिक वा त्रैमासिक रुपमा किस्ता भुक्तानी गर्नुपर्दछ ।

१९) गरीबी निवारण कर्जा

सहकारी संघ/संस्थाहरुमा आवद्ध विपन्न, न्यून आय भएका परिवारका सदस्य, सामाजिक रुपले पिछडिएका महिला, जनजाति, दलित वर्ग, गरीब, साना किसानहरु, कालिगढ, मजदुर, भूमीहिन परिवार, वित्तीय पहँुच नपुगेकाहरु तथा सीप, जाँगर, उत्साह भएका तर पूँजी एवम् धितो नभएका, अन्य बैंक तथा बित्तीय संस्थाहरुले नपत्याएका, अर्थ बजारमा पहुँच नपुग्नेहरु, राज्य र समाजबाट दृष्टि नपुगेकाहरु, कम पूँजीवाल, निम्न आय वर्ग, श्रमिक, वेरोजगारहरुको लागि आर्थिक तथा समाजिक विकास मार्फत गरीबी निवारण गर्न, आत्मनिर्भर र स्वरोजगार वनाउन पुँजी परिचालन गरी यस बैंकले सदस्य सहकारी संघ/संस्था मार्फत यस प्रकारको कर्जा प्रवाह गर्नेछ । यस किसिमको कर्जा ३ बर्षदेखि ५ वर्षसम्मको अवधि वा संचालक समितिले समय समयमा तोके वमोजिमको अवधिको लागि प्रवाह गर्न सकिने छ । कर्जाको मासिक वा त्रैमासिक रुपमा किस्ता (साँवा तथा व्याज) बुझाउनु पर्नेछ ।

२०) मुद्दती/निक्षेप कर्जा

सदस्य सहकारी संघ/संस्थाको बचत÷निक्षेप÷मुद्दति खातामा रहेको मौज्दात रोक्का गरी सो मौज्दातको ९० प्रतिशत सम्म वा अन्य बैंक तथा वित्तीय संस्थाको मुद्दति रसिद धितोमा ८० प्रतिशत लगानी हुने निक्षेप कर्जा यस शिर्षक अंतर्गत यस प्रकारको कर्जामा थप २ प्रतिशत ब्याज भुक्तानी गर्नु पर्दछ ।