NCBL Saving Product
(क) साधारण बचत खाता शून्य मौज्दातमा खोल्न सकिन्छ । यस बचत खातामा जति पनि रकम राख्न झिक्न सकिन्छ । यस खातामा दैनिक मैज्दातमा व्याज गणना गरिन्छ भने त्रैमासिक रुपमा व्याज भुक्तानी गरिन्छ । यो बचत खाता सानो कारोवार गर्ने सहकारी संघ/संस्थाहरुको लागि उपयोगी छ ।
(ख) न्युनतम रु.१०००/- मौज्दात राखी खाता संचालन गर्न सकिन्छ । यस खाताको रकम जुन सुकै बेलामा झिक्न जम्मा गर्न सकिन्छ । यस खातामा दैनिक मैज्दातमा व्याज गणना गरिन्छ भने त्रैमासिक रुपमा व्याज भुक्तानी गरिन्छ । सानो कारोवार गर्ने सहकारी संघ/संस्थाहरुको लागि उपयोगी छ ।
२. विशेष बचत :विशेष बचत खाता न्यूनतम रु.१०,०००/- मा खोल्न सकिन्छ । यस खाताको रकम जुन सुकै बेलामा झिक्न र जम्मा गर्न सकिन्छ । यस प्रकारको खातामा दैनिक व्याज गणना गरीन्छ । त्रैमासिक रुपमा व्याज भुक्तानी गरिन्छ ।
३. सुपर बचत :सुपर बचत खाता न्यूनतम रु.२५,०००/- मा संचालन गर्न सकिन्छ । यस प्रकारको खाता सहकारी संघ/संस्थाको तरलता व्यवस्थापनका लागि उपयोगी हुन्छ । यस खातामा रहेको रकमको मौज्दात अनुसार कम मौज्दातमा कम व्याजदर र बढी मौज्दातमा बढी व्याजदरको व्यवस्था रहेको छ । यस खातामा दैनिक मैज्दातमा व्याज गणना गरिन्छ भने त्रैमासिक रुपमा व्याज भुक्तानी गरिन्छ । यो खातामा रु.२५,०००/- देखि रु.१० लाख सम्मको मौज्दातमा एउटा व्याजदर निर्धारण गरिएको छ भने रु. १० लाख एक रुपैया देखि रु.२५ लाख सम्मको मौज्दातमा अर्को व्याजदर निर्धारण गरिएको छ । त्यसै गरी रु.२५ लाख एक रुपैया देखि माथिको मौज्दातमा छुट्टै व्याजदर निर्धारण गरिएको छ । यस खातामा जति पनि रकम राख्न र झिक्न सकिने व्यवस्था रहेको छ ।
४. एन.सि वि एल प्रीमियम बचत खाता :एन.सि. वि. एल. प्रीमियम बचत खाता न्यूनतम रु.१,००,०००/- मौज्दात वाट संचालन गर्न सकिन्छ । यो बचत खाता ठूलो कारोवार गर्ने सहकारी संघ/संस्थालाई उपयोगी छ । यस खातामा जति पनि रकम राख्न र झिक्न सकिने व्यवस्था रहेको छ । यस खातामा दैनिक मैज्दातमा व्याज गणना गरिन्छ भने त्रैमासिक रुपमा व्याज भुक्तानी गरिन्छ ।
५. अनिवार्य नियमित बचत :यस बचत खाताको समय आवधि ५ वर्षको छ । सम्झौता अनुसारको रकम नियमित रुपमा हरेक महिना जम्मा गर्नु पर्छ । यस बचत खातमा मासिक रुपमा रु.१,०००/-, रु.५,०००/-, रु.१०,०००/-, रु.५०,०००/-, रु.१,००,०००/-, रु.२,००,०००/- र सो भन्दा माथिको दरले रकम जम्मा गर्न सकिन्छ । मौज्दात अनुसार व्याजदर फरक हुनेछ तर २ लाख भन्दा माथी जति सुकै रकमको दरले रकम जम्मा गरे पनि व्याजदर रु.२ लाखको व्याजदर सँग समान हुन्छ । यस बचत खातामा चेक जारी गरिने छैन । बचतको समय अवधि समाप्त नभएसम्म रकम झिक्न् सकिने छैन । अवधि समाप्त भए पश्चात साँवा र ब्याज एकमुष्ट भुक्तनी लिन सकिन्छ । यस बचत खातामा जम्मा भएको निक्षेपको ९० प्रतिशत सम्म कर्जा लिन सकिन्छ । कर्जाको म्याद निक्षेपको समय अवधि भन्दा अगावै समाप्त हुने गरी कायम गरिएको हुन्छ । यस निक्षेपमा दिईने कर्जाको व्याजदर सम्वन्धित बचतको व्याज दरमा २ प्रतिशत थप गरी कायम गरिएको हुन्छ । यस खातामा दैनिक मैज्दातमा व्याज गणना गरिन्छ भने त्रैमासिक रुपमा व्याज भुक्तानी गरिन्छ ।
६. क्रमिक बचत :यो बचत खाता छ महिने र १ वर्षे अवधीको मात्र रहेको छ । यस खातामा जति पनि रकम जम्मा गर्न सकिन्छ । यस बचत खातामा चेक जारी गरिने छैन । बचतको समय अवधि समाप्त नभएसम्म रकम झिक्न् सकिने छैन । अवधि समाप्त भए पश्चात साँवा र ब्याज एकमुष्ट भुक्तनी लिन सकिन्छ । यस बचत खातामा जम्मा भएको निक्षेपको ९० प्रतिशत सम्म कर्जा लिन सकिन्छ । कर्जाको म्याद निक्षेपको समय अवधि भन्दा अगावै समाप्त हुने गरी कायम गरिने छ । यस निक्षेपमा दिईने कर्जाकोे व्याजदर सम्वन्धित बचतको व्याज दरमा २ प्रतिशत थप गरी कायम गरिने छ । यस खातामा दैनिक मैज्दातमा व्याज गणना गरिन्छ भने त्रैमासिक रुपमा व्याज भुक्तानी गरिन्छ ।
७. मुद्धती निक्षेप :मुद्धती निक्षेप बचत खाता ३ महिने, ६ महिने,९ महिने र १ वर्षको रहेको छ । यो मुद्धती खाता रु.१,००,०००/- देखि जति पनि रकममा संचालन गर्न सकिन्छ । यस मुद्धती समय अवधि आधारमा व्याजदर फरक रहने छ । यस बचत खातमा जम्मा भएको निक्षेपको ९० प्रतिशत सम्म कर्जा लिन सकिन्छ । कर्जाको म्याद निक्षेपको समय अवधि भन्दा अगावै समाप्त हुने गरी कायम गरिने छ । यस निक्षेपमा दिईने कर्जाको व्याजदर सम्वन्धित बचतको व्याज दरमा २ प्रतिशत थप हुनेछ । यस खातामा दैनिक मैज्दातमा व्याज गणना गरिन्छ भने त्रैमासिक रुपमा व्याज भुक्तानी गरिन्छ ।
नोटः संबै किसिमको बचत खाताको संचालनका लागि संस्थाको निर्णयबाट तोकिए कम्तीमा दुई जना संस्थाका पदाधिकारीको संयूक्त दस्तखत अनिवार्य हुनेछ ।Online Services: 1) E-Banking 2) SMS Banking (For details visit your nearest branch)