प्रश्न: अनलाइन मार्फत खाता खोल्ने कार्य कति समयमा पुरा हुनेछ ? जवाफ : अनलाइन मार्फत खाता खोल्ने कार्य पुरा गर्न बैंकले बढीमा ३ कार्यदिन लगाउने छ |
प्रश्न: अनलाइन फारम भरे पश्चात सहकारी संघ/संस्था बैंकको कार्यालयमा उपस्थित हुनुपर्छ कि पर्दैन ? जवाफ : बैंकले पूर्ण फारम भर्ने सहकारी संघ/संस्थालाई सम्पर्क गरि संघ/संस्थाले फारममा छनौट गरेको शाखा कार्यालयमा बोलाउने छ, सो समय संघ/संस्था आफ्ना सक्कल डकुमेन्ट सहित उपस्थित हुनुपर्नेछ |
प्रश्न: अनलाइन मार्फत अपलोड गरेका कागजातको जिम्मेवार को हुनेछ ? जवाफ : फाइल अपलोड गर्ने सम्बन्धित संघ/संस्था नै जिम्मेवार हुनुपर्नेछ |
प्रश्न: संघ/संस्थाको विनियमको सम्पूर्ण फाइल अपलोड गर्नुपर्ने छ कि छैन ? जवाफ : यदी संघ/संस्था संग विनियम SCAN फाइल भएमा अपलोड गर्दा हुन्छ , सम्पूर्ण विनियम SCAN गर्न समस्या भएमा विनियमको अघिल्लो पृष्ठ मात्र अपलोड गर्दा हुनेछ बाँकि बैंकले कार्यालयमा बोलाएको समयमा समेत बुझाउन सकिनेछ |
प्रश्न: कस्ता सहकारी संघ/संस्थाले बैंकमा खाता खोल्न सक्छन ? जवाफ : बैंकको शेयर सदस्य भएका सम्पूर्ण सहकारी संघ/संस्थाले खाता खोल्न सक्नेछन |
प्रश्न: बैंकमा संचालनमा रहेका खाताका प्रकार र व्याजदर सम्बन्धि जानकारी अनलाइन मार्फत कसरी प्राप्त गर्ने ? जवाफ : सो सम्बन्धि सम्पूर्ण जानकारी बैंकको वेवसाइट www.ncbl.coop मा हेर्न सकिनेछ |
अनलाइन मार्फत शेयर खरिद सम्बन्धमा जानकारी:
प्रश्न: न्यूनतम कती कित्ता शेयर लिए पश्चात सहकारी संघ/संस्था बैंकको शेयर सदस्य बन्न सकिन्छ ? जवाफ : न्यूनतम १० कित्ता रुपया १०० को दरले शेयर खरीद गरे पश्चात सहकारी संघ/संस्था बैंकको शेयर सदस्य बन्न सकिन्छ |
प्रश्न: सदस्य बन्दा प्रवेश शुल्क कती लाग्छ ? जवाफ : सदस्य बन्दा प्रवेश शुल्क रूपया ५०० लाग्नेछ र सो रकम शुरुमा शेयर लिने समयमा बुझाउनु पर्नेछ |
प्रश्न: अनलाइन मार्फत शेयर खरिद कार्य कति समयमा पुरा हुनेछ ? जवाफ : अनलाइन मार्फत शेयर खरिद कार्य सम्पूर्ण प्रक्रिया पुगे पश्चात बढीमा ३ कार्यदिनमा हुनेछ |
प्रश्न: सहकारी संघ/संस्थाले शेयर प्रमाणपत्र कहाँ प्राप्त गर्न सक्छन ? जवाफ : फारममा छनौट गरेको शाखा कार्यालय अथवा केन्द्रीय कार्यालयवाट प्राप्त गर्न सक्छन |
प्रश्न: अनलाइन मार्फत अपलोड गरेका कागजातको जिम्मेवार को हुनेछ ? जवाफ : फाइल अपलोड गर्ने सम्बन्धित संघ/संस्था नै जिम्मेवार हुनुपर्नेछ |
प्रश्न: संघ/संस्थाको विनियमको सम्पूर्ण फाइल अपलोड गर्नुपर्ने छ कि छैन ? जवाफ : यदी संघ/संस्था संग विनियम SCAN फाइल भएमा अपलोड गर्दा हुन्छ , सम्पूर्ण विनियम SCAN गर्न समस्या भएमा विनियमको अघिल्लो पृष्ठ मात्र अपलोड गर्दा हुनेछ बाँकि बैंकले कार्यालयमा बोलाएको समयमा समेत बुझाउन सकिनेछ |
प्रश्न: कस्ता सहकारी संघ/संस्था बैंकको सदस्य बन्न सक्छन ? जवाफ : देशमा दर्ता भएका सम्पूर्ण प्रकारका सहकारी संघ/संस्थाहरु बैंकको सदस्य बन्न सक्छन |
प्रश्न: बैंक सदस्य सेवा सम्बन्धि थप जानकारी कसरि प्राप्त गर्न सकिन्छ ?
जवाफ : सम्पूर्ण जानकारी बैंकको वेवसाइट WWW.NCBL.COOP मा हेर्न सकिनेछ |
सहायता आवश्यक परेमा
फारम भर्ने सम्बन्धमा कुनै समस्या भएमा हामीलाई लेख्नुहोस, बैंक प्रतिनिधि द्वारा तपाई लाई सम्पर्क गर्नुहुनेछ |